चिनियाँ राजदूतको दौडधुप सुरु, प्रचण्ड भेटेर पुगिन् नेपाल निवास
मेरोन्यूज
२०७८ भदौ २९ गते ११:३५

काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरूलाई भेट्ने क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाल निवास कोटेश्वर पुगेकी छन् । उनी मंगलबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेकी हुन् ।
राजदूत यान्छीले आजै बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी थिइन् । प्रचण्डलाई भेटेलगत्तै उनी सीधै नेपाल निवास पुगेकी हुन् ।
नेपाल सरकारले चीनसँग सीमा समस्या रहेको भन्दै अध्ययन समिति बनाएको र अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का बारेमा बुझ्न शीर्ष नेताहरूलाई भेट्न पुगेकी हुन् । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार फर्किएसँगै उनले शीर्ष नेतालाई भेट्न दौडधुप गरेकी हुन् ।
उनले उपाध्यक्ष सुमारको भ्रमणबारे समेत बुझ्ने भएकी छन् ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया