खुल्न थाले राजधानीका संग्रहालय

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका राजधानीका संग्रहालय खुल्न थालेका छन् । राजधानीका नारायणहिटी दरबार संग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय र हनुमानढोका दरबार संग्रहालय स्वास्थ्य मापदण्डपालना गरी खुला गरिएको हो । संग्रहालय खुला गरेसँगै अवलोकनकर्ताको भीड लागेको छ ।
नारायणहिटी दरबार संग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । मंगलबार भने आधा दिन खुला गरिने गरेको संग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले जानकारी दिए । हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ । दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ । दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा अवलोकनका लागि खुला गरिएको छ ।
हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौँ महानगरपालिकाले संग्रहालयलाई दिएको छैन । महानगरसँग सम्झौता भएअनुसार तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार संग्रहालयका प्रमुख सन्दिप खनालले जानकारी दिए । महानगरले पैसा नदिएपछि संग्रहालयले पनि टिकट काट्न सुरु गरेको छ । संग्रहालय प्रवेश गर्दा अब विदेशीले ३०० र नेपालीले ३० को टिकट काट्नुपर्छ । महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको एक हजार शुल्क विदेशीसँग लिने गरेको छ ।
















हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया