मंगलबार, पुष १५, २०८२

लागू औषधसहित २ जना पक्राउ

मेरोन्यूज २०७८ भदौ २९ गते १५:५०

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका ३ बिर्ता बजारबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । उनीहरूको साथबाट २३ ग्राम २ सय ४० मिलिग्राम अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र २ थान मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका २ बुद्ध चोक बस्ने ३४ वर्षीय भिम राज राई र सोही नगरपालिका १ बस्ने ३२ वर्षीय अनुप सुब्बा लिम्बु रहेका छन् । को २७ प ८६७४ नम्बरको मोटरसाइकलमा हिँड्दै गर्दा उनीहरूलाई प्रहरीले जाँच गरेको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थसहित फेला परेको हो । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीले

प्रतिक्रिया