सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

सिरिया । सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गरेका छन् ।
सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा पुटिनले निन्दा गरेको क्रेमलिनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सन् २०११ को मार्च महिनाबाट सरकार विरोधी प्रदर्शन भएसँगै भड्किएको सिरियाली संघर्षको दौरानमा मस्को असदको शासनकालको एक प्रमुख सहयोगीको रुपमा रहेको छ ।
सन् २०१५ मा रुसको सैन्य हस्तक्षेपले असदको पक्षमा युद्धको लहरलाई परिवर्तन गर्न मद्दत गरेको थियो ।
‘मेरो विचारमा मुख्य समस्या यो हो कि विदेशी सशस्त्र सेनाहरु संयुक्तराष्ट्र संघको अनुमोदन बिना र तपाइँको अनुमति बिना देशका केही क्षेत्रहरुमा रहेका छन् – पुटिनले असदलाई बैठकमा भने ।
सिरियामा जारी द्वन्द्वमा रुस र सिरियाको संयुक्त प्रयासलाई सराहना गर्दै पुटिनले भन्नु भो– उनीहरुको सेनाले विशाल भूभाग सरकारी नियन्त्रणमा फिर्ता लिएको छ ।
आतंकवादीहरूले धेरै गम्भीर क्षति बेहोरेका र असदको नेतृत्वमा रहेको सिरियाली सरकारले देशको ९० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको पुटिनले बताए ।
सिरियाली नेताले असदले पुटिनलाई मस्कोमा भेट्नु एउटा ठूलो सम्मान भएको बताए । यस वैठकमा सिरियाका विदेश मन्त्री फैसल अल मेक्दाद र रुसका रक्षा मन्त्री सर्गेई शोइगुको पनि वार्तामा सहभागीता थियो । (एजेन्सी)










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया