५३४ जनाको कैद मिनाह गर्न गृहको सिफारिस
मेरोन्यूज
२०७८ भदौ २९ गते २०:०२

काठमाडौं । गृह मन्त्रालयले ५३४ जना कैदीबन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
गृह मन्त्रालयले ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह स्रोतले जानकारी दिएको छ ।
त्यस्तै, गृहले ७ जनालाई आममाफी दिन पनि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया