टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता
मेरोन्यूज
२०७८ भदौ २९ गते २०:२३

तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर मंगलबार तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् ।
शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् ।
आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरुले बताएका छन् ।
सम्बन्धित

















बालेनको निर्वाचन खर्च १४ लाख १७ हजार
गुल्मीमा खोलामा डुबेर एक युवकको मृत्यु
समानुपातिक मतगणनाः सुर्खेत १ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
समानुपातिकमा तनहुँमा रास्वपा पहिलो
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया