समानुपातिकमा तनहुँमा रास्वपा पहिलो

काठमाडाै । समानुपातिकतर्फ तनहुँमा रास्वपा पहिलो दल बनेको छ। सोमबार बिहान सम्पन्न मतपरिणामअनुसार रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो। तनहुँमा रास्वपाले ६९ हजार १३२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार नेपाली कांग्रेसले २७ हजार ४३९, नेकपा (एमाले) ले १५ हजार ९४०, नेपाली कम्युनिष्ट पार्टीले चार हजार ६४८, राप्रपाले तीन हजार ६७, श्रम संस्कृति पार्टीले दुई हजार ७४२, मङ्गोल नेसनल अर्गनाइजेसनले ७३३ मत प्राप्त गरेको छ।
त्यसमध्ये तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाले ३८ हजार ८०७, नेपाली कांग्रेसले १५ हजार १७२, नेकपा (एमाले) ले पाँच हजार ९६०, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८४८, राप्रपाले एक हजार ७७६, श्रम संस्कृति पार्टीले एक हजार ५३२, मङ्गोल नेसनल अर्गनाइजेसनले २६७ मत प्राप्त गरेको छ।
क्षेत्र नम्बर २ तर्फ रास्वपाले ३० हजार ३२५, नेपाली कांग्रेसले १२ हजार २६७, नेकपा (एमाले) ले नौ हजार ९८०, नेपाली कम्युनिष्ट पार्टीले एक हजार ८००, राप्रपाले एक हजार २९९, श्रम संस्कृति पार्टीले एक हजार २१०, मङ्गोल नेसनल अर्गनाइजेसनले ४६६ मत प्राप्त गरेको छ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया