प्राडा प्रेमराज पन्तलाई ‘ईश्वरीलाल श्रेष्ठ पुरस्कार’
मेरोन्यूज
२०७८ भदौ २९ गते २१:४०

काठमाडौं । प्रा डा प्रेमराज पन्त प्रा ईश्वरीलाल श्रेष्ठ २०७८, पुरस्कारबाट सम्मानित भएका छन् ।
६८औँ वाणिज्य दिवसका अवसरमा ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले यस वर्षको प्रा ईश्वरीलाल श्रेष्ठ २०७८, पुरस्कार पन्तलाई प्रदान गरेको हो ।
व्यवस्थापन संकायका पूर्वडिनसमेत रहेका प्रा डा पन्तले नेपालको वाणिज्य शिक्षामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै मंगलबार एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिएको हो र्। पुरस्कार स्वरुप ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले पन्तलाई सरस्वतीको मूर्ति र सम्मानपत्र पनि प्रदान गरेको छ ।
सोही कार्यक्रममा प्रा डा प्रचण्ड प्रधानले वाणिज्य क्षेत्रमा ईश्वरीलालले पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठानलाई १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका थिए ।
प्रतिष्ठानले यो पुरस्कार विगत तीन वर्षदेखि प्रदान गर्दै आएको छ ।
सम्बन्धित
















इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया