कोरोना संक्रमणबाट पत्रकारको निधनः महासंघद्वारा शोक ब्यक्त

काठमाडौं । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य विन्दुकुमार चौहानको निधनप्रति नेपाल पत्रकार महासंघले शोक ब्यक्त गरेको छ ।
महासंघका महासचिव रोशन पुरीले बुधबार शोक वक्तब्य जारी गर्दै पत्रकार चौहानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।
पत्रकार चौहानको कोरोना संक्रमणका कारण ५३ वर्षको अल्पायुमै भएको थियो ।
कोरोना संक्रमणको लक्षण देखिएपछि होम आइसोलेसनमा रही कोरोना ठीक भइसकेका पत्रकार चौहानको स्वास्थ्यमा एक्कासी समस्या आएपछि पाँच दिनअघि भैरहवास्थित युसिएम अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा फोक्सोमा समस्या आई निमोनिया देखिएका चौहानको उपचाररत अवस्थामा बुधबार विहान २ बजे निधन भएको थियो । स्वर्गीय चौहानका श्रीमती, तीन छोरी र चार छोरा छन् ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय चौहानले बुटवलस्थित लुम्बिनी दैनिकबाट पत्रकारिता सुरु गरेका थिए ।
कोरोनाकै कारण अहिलेसम्म २५ जना पत्रकारको निधन भएको छ भने एक हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया