सोमबार, फागुन १८, २०८२

पुनःनिर्माणको बाँकी काम आयोजना कार्यान्वयन एकाइले गर्ने

मेरोन्यूज २०७८ भदौ ३१ गते ७:२५
फोटो फाइल

सिन्धुपाल्चोक । अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले गर्दै आएको भूकम्पपछिको पुनःनिर्माणको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालयले गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यही भदौ ३० गते जिमालीका आयोजना प्रमुख भरतप्रसाद आचार्यले आवास तथा भवन एकाइका जिल्ला आयोजना प्रमुख टङ्कप्रसाद गौतमलाई कार्यालयमा रहेको भौतिक (जिन्सी) सामग्री हस्तान्तरण गरे । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका निजी आवास तथा सार्वजनिक सम्पदाको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गर्दै आएको थियो ।

प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसँगै सो प्रक्रियामा गएको हो । यसभन्दा अगावै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनःनिर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका काम सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरे पनि निजी आवास पुनःनिर्माणको काम भने जिमाली र भवनलाई समायोजन गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत नै रहने गरी जिल्लामा जिल्ला आयोजाना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालय भने रहने भएको छ । आयोजनाका प्रमुखले यसभन्दा अघि पनि निमित्त जिल्ला आयोजना प्रमुख रहेर काम गरेका थिए ।

जिल्लामा हालसम्म पटक पटक गरी कायम भएका पुनःनिर्माण र प्रवलीकरण गरी ९१ हजार ५४ लाभग्राही रहेको जिमालीले जानकारी दिएको छ । त्यसअनुसार पुनःनिर्माणबापत तीन लाख र प्रवलीकरणबापत एक लाख प्राप्त गर्ने गरेका छन् । जम्मा लाभग्राहीमध्ये प्रथम किस्ता ८९ हजार ५५, दोस्रो किस्ता ८६ हजार ९९० र तेस्रो किस्ता ८२ हजार ७३९ ले लिएका छन् । अझै आठ हजार ३१५ ले अन्तिम किस्ताबापतको रकम लिन बाँकी रहेको देखिन्छ ।

प्रतिक्रिया