रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ ३१ गते १२:१९

काठमाडौँ । काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको जीप दुर्घटना भएको छ । बिहीबार रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा तीन जनाको मृत्यु र एक जना बालक घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ३-०१-०२३-च-३५१३ नम्बरको जीप सडकबाट ६-७ सय मिटर तल खसेको बताइएको छ ।
ओखलढुंगा घर भएका अन्दाजी ३४(३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ । अर्को एक जनाको पहिचान खुलेको छैन । अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका उनलाई उपचारको लागि तामाकोशी अस्पताल लगिएको बताइएको छ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया