भरतपुर महानगरका वडाध्यक्ष आर्थिक अनियमिततामा मुछिए

भरतपुर । भरतपुर महानगरपालिका–२१ मा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । वडाको विकास निर्माणमा अनियमितता भएको उजुरी पाएसँगै आयोगले बिहीबार अनुगमन गरी विवादसम्बन्धी कागजात जफत गर्दै अनुसन्धान सुरु गरेको हो ।
अनियमितता भएको विषयमा वडाध्यक्ष चित्रसेन अधिकारी पनि मुसिएका छन् । वडाको विकास निर्माणमा अनियमितता गरी उपभोक्ता समिति र ठेकेदारसँग मिलेर वडाध्यक्षले गुणस्तरहीन काम गरेको भन्दै महानगरका वडाध्यक्ष अधिकारी अनियमिततामा मुसिएका हुन् ।
हैटौँडाबाट आएको आयोगको टोलीले वडा अध्यक्ष अधिकारी र उनका छोरा बिवेकसेन अधिकारीको नाममा सिभिल बैंक भरतपुरको खातामा बाटो निर्माण गर्ने उपभोक्ता समितिले पहिलो पटक १ लाख ७६ हजार रुपैँया र दोस्रो पटक २६ हजार रुपैँया गरी २ लाख ३ हजार रुपैँया जम्मा गरेको बैकं स्टेटमेन्ट सहितको कागजात जफत गरेको छ ।
वडा नं २१ को केचन टोलको दुर्गाबाहादुर भट्टराईको घरदेखि गणेश मन्दिरसम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाजसम्मको बाटो गा्रभेल गरी स्तरउन्नति गर्न वडा अध्यक्ष अधिकारीले उपभोक्ता समितिलाई जिम्मा लगाएका थिए ।
उपभोक्ता समिति मार्फतनै वडा अध्यक्ष अधिकारीले पटक पटक पैसा लिई गुणस्तरहिन काम गरेको उजुरी परेपछि अख्तियारले छानबिनका लागि बाटोकै अनुगमन र आवाश्यक कागजात नियन्त्रणमा लिई छानविन अगाडि बढाएको बताइएको छ ।
आसन्न कांग्रेस महाधिवेशनमा नगर अध्यक्षको उम्मेद्वारी घोषषा गरेका अधिकारी आर्थिक अनियमिततामा मुसिएसँगै पार्टीभित्रै नगरसभापति बनाउन नहुने माग उठेको छ ।



















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया