भरतपुर महानगरका वडाध्यक्ष आर्थिक अनियमिततामा मुछिए

भरतपुर । भरतपुर महानगरपालिका–२१ मा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । वडाको विकास निर्माणमा अनियमितता भएको उजुरी पाएसँगै आयोगले बिहीबार अनुगमन गरी विवादसम्बन्धी कागजात जफत गर्दै अनुसन्धान सुरु गरेको हो ।
अनियमितता भएको विषयमा वडाध्यक्ष चित्रसेन अधिकारी पनि मुसिएका छन् । वडाको विकास निर्माणमा अनियमितता गरी उपभोक्ता समिति र ठेकेदारसँग मिलेर वडाध्यक्षले गुणस्तरहीन काम गरेको भन्दै महानगरका वडाध्यक्ष अधिकारी अनियमिततामा मुसिएका हुन् ।
हैटौँडाबाट आएको आयोगको टोलीले वडा अध्यक्ष अधिकारी र उनका छोरा बिवेकसेन अधिकारीको नाममा सिभिल बैंक भरतपुरको खातामा बाटो निर्माण गर्ने उपभोक्ता समितिले पहिलो पटक १ लाख ७६ हजार रुपैँया र दोस्रो पटक २६ हजार रुपैँया गरी २ लाख ३ हजार रुपैँया जम्मा गरेको बैकं स्टेटमेन्ट सहितको कागजात जफत गरेको छ ।
वडा नं २१ को केचन टोलको दुर्गाबाहादुर भट्टराईको घरदेखि गणेश मन्दिरसम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाजसम्मको बाटो गा्रभेल गरी स्तरउन्नति गर्न वडा अध्यक्ष अधिकारीले उपभोक्ता समितिलाई जिम्मा लगाएका थिए ।
उपभोक्ता समिति मार्फतनै वडा अध्यक्ष अधिकारीले पटक पटक पैसा लिई गुणस्तरहिन काम गरेको उजुरी परेपछि अख्तियारले छानबिनका लागि बाटोकै अनुगमन र आवाश्यक कागजात नियन्त्रणमा लिई छानविन अगाडि बढाएको बताइएको छ ।
आसन्न कांग्रेस महाधिवेशनमा नगर अध्यक्षको उम्मेद्वारी घोषषा गरेका अधिकारी आर्थिक अनियमिततामा मुसिएसँगै पार्टीभित्रै नगरसभापति बनाउन नहुने माग उठेको छ ।














बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया