बजेट रोकिदैन : मन्त्री कार्की

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद बैठक सञ्चालन गर्न प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको र अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको जानकारी दिए ।
उनले मुलुकमा दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक रहेको बताए । एक प्रश्नको जवाफमा एमसीसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्नु हुँदैन भन्दै उनले नेपालको इतिहासमा पहिलोपटक आएको ठूलो अनुदान फर्केर जान सक्ने भएकाले त्यसबाट पर्नसक्ने असरबारे बुझ्नु पर्नेमा जोड दिए ।

















सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विद्यार्थीसँग एमाले अध्यक्ष ओली
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
प्रतिक्रिया