संखुवासभा सामूहिक हत्या : आरोपीका भाइमाथि प्रहरीको अनुसन्धान सुरू

काठमाडौँ । संखुवासभाको सामूहिक हत्या घटनामा संलग्न लोकबहादुर कार्कीका भाइलाई सदरमुकाम लगिएको छ । घटनाबारे थप अनुसन्धान गर्न उनलाई सदरमुकाम लगिएको हो ।
जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान जारी राख्दै आएको छ ।
यसअघि प्रहरीले २६ वर्षीय लोकबहादुर घटनामा संलग्न भएको भन्दै सार्वजनिक गरेको थियो । उनका भाइ नरेशलाई सोधपुछ गर्न जिल्ला सदरमुकाम खाँदबारी लगिएको हो ।
घटनामा ३२ वर्षीय रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले नरेशको साथबाट फेला पारेको थियो । मोबाइल फेला पारेसँगै नरेशलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो ।
‘हत्यापछि हराएको रञ्जनाको मोबाइल नरेशको साथमा कसरी पुग्यो भनेर अनुसन्धान गर्दै छौँ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘यसबारे थप अनुसन्धान हुन बाँकी नै छ ।’
गत भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, उनीकी आमा पार्वती, श्रीमती कमला, बुहारी रञ्जना, नाति विपिन र नातिनी गोमाको सामूहिक हत्या भएको थियो ।
प्रहरीका अनुसार घटनामा तेजबहादुरसँगै उनका भाइ नरेश पनि सँगै रहेको प्रहरीले जनाएको छ ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
प्रतिक्रिया