चीनबाट आइपुग्यो थप ४४ लाख डोज खोप
मेरोन्यूज
२०७८ असोज १ गते १४:५९

काठमाडौं । सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ।
नेपाल एयरलाइन्स ३३० जहाजबाट खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले थप ४४ लाख खोप काठमाडौं आइपुगेको बताए ।
सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।
स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा.सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए।
जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया