बिहीबार, वैशाख १७, २०८३

चीनबाट आइपुग्यो थप ४४ लाख डोज खोप

मेरोन्यूज २०७८ असोज १ गते १४:५९

काठमाडौं । सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ।

Advertisement
NiccNicc

नेपाल एयरलाइन्स ३३० जहाजबाट खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले थप ४४ लाख खोप काठमाडौं आइपुगेको बताए ।

सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।


स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा.सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए।

जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो।

प्रतिक्रिया