भारतमा झण्डै ३४ हजारमा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ असोज १ गते १७:४७

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टाभित्र ३४ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति कोरोना पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, सोही अवधिमा कोरोना संक्रमणबाट भारतमा ३२० जनाको मृत्यु भएको छ । कोरोना शुरु भएदेखि हालसम्म कोरोनाबाट चार लाख ४४ हजार २४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालका दिनमा कोरोना संक्रमण र मृत्यु भएका प्रायः व्यक्ति भारतको दक्षिणी राज्य केरलामा रहेका छन् ।
हाल भारतमा तीन लाख ३९ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ३७ हजार ९५० जना कोरोना मुक्त भएका छन् ।
कोरोना संक्रमण शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २५ लाख ९८ हजार ४२४ जना कोरोना मुक्त भएका छन् ।
सम्बन्धित
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया