विश्वमा आज : द न्युयोर्क टाइम्सको सुरुवातदेखि ओजन तहको रक्षासम्म

सेप्टेम्बर १८ अर्थात आज विश्वमा अनेक ठूला घटना भएका छन् । जसमध्ये आजकै दिन विश्व चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’को सुरुवात भएको थियो । सन् १८५१ मा यस पत्रिकाको प्रकाशन सुरु भएको हो ।
पत्रकार तथा नेता हेनरी जार्विस रेमण्ड र पूर्व बैंकर जर्ज जोन्सले यस पत्रिकाको सुरुवात गरेका थिए । यसको पहिलो प्रकाशन जोन्स एण्ड कम्पनीबाट प्रकाशित भएको थियो ।
सन् १८९६ सम्म आइपुग्दा जब पेपरलाई एडल्फ साइमनले किने तब हरेक हप्ता पत्रिकाबाट एक हजार डलर नोक्सान हुँदै आएको थियो । त्यसपछि उनले पत्रिकाको सम्पादकीय नीति बदलेका थिए ।
विश्वको सबैभन्दा भयानक टाइटनिक जहाज डुब्दा पत्रिकाले हरेक कोणबाट गहिरो रिपोर्टिङ गर्यो । सोही घटनापछि पत्रिकाको उचाई थप बलियो हुन पुग्यो । यस्तै, पहिलो र दोस्रो विश्वयुद्धको समयमा पनि पत्रिकाले ठूलो भूमिका खेलेसँगै पत्रिकामाथिको आम विश्वस थप बलियो बन्न पुगेको थियो । सन् १९७१ मा यस पत्रिकाले पेण्टागन पेपर्सको छाप्न शुरू गर्यो, जुन विश्वभर खोजी पत्रकारिताको एक नमुना बन्न पुग्यो । आजकै दिन यस पत्रिका प्रकाशनमा आएको १७० वर्ष पूरा भएको छ ।
योसँगै आज विश्वभर भएका घटनाहरू यस प्रकारका छन्
२०१९ : भारत सरकारले इ-सिगरेट्सको उत्पादन, इम्पोर्ट-एक्सपोर्ट, ट्रान्सपोर्ट, सेल तथा भण्डारणमाथि प्रतिबन्ध ।
२००६ : रूसी रकेट सोयुज अन्तर्राष्ट्रिय स्पेस स्टेशनका लागि प्रक्षेपण ।
२००४ : भारतमाथि अमेरिकाले लगाएको व्यवसायिक स्पेस कार्यक्रम तथा न्युक्लियर पावर उत्पादन खुला ।
२००३ : ढाका-अगरतला बस सेवा सुरू ।
१९९७ : ओजन तहको रक्षाका लागि सय देशले सन् २०१५ सम्म मिथाइल ब्रोमाइडको उत्पादन बन्द गर्ने फैसला ।
१९८८ : बर्माले आफ्नो संविधान रद्द गरेको घोषणा ।
१९८७ : अमेरिका र रुसबीच मध्यम दूरीको मिसाइल हटाउने पत्रमा हस्ताक्षर ।
१९२२ : हंगरी लिग अफ नेशन्समा सहभागी ।















राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया