देशभर थप १ हजार ६६ जनामा कोरोना, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४० जनाको पीसीआर परीक्षणमा ८ सय ३५ र २ हजार ८१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संगै अहिलेसम्म कोरोना संक्रमणवाट ११ हजार २८ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाकै अवधिमा नेपालका विभिन्न अस्पतालबाट १ हजार २३४ जना कोरोना संक्रमणमुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा अहिलेसम्म ७ लाख ४८ हजार ८०० जना कोरोनामुक्त भएका छन् ।
नेपालमा अहिलेसम्म ४० लाख ८५ हजार ७९६ पिसिआर परीक्षण भएको छ भने ५ लाख ३४ हजार ९९४ एन्टीजेन परीक्षण गरिएको छ । मन्त्रालयकाअनुसार अहिले २४६ जना क्वारेन्टाइनमा छन् भने देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित छन् ।
















सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया