सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त

काठमाडौँ सभामुख डिपी अर्यालले २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “बुद्ध जयन्तीको यस गौरवमय अवसरमा सम्पूर्ण नेपालीमा सुख, सुस्वास्थ्य, दीर्घायु एवं राष्ट्रिय स्वाभिमान र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”
सभामुख अर्यालले भगवान् बुद्धको आशीर्वादले हामी सबैमा सकारात्मक सोच, आपसी सहकार्य र लोककल्याणको भावना जागृत गरोस् भनी कामना पनि गरेका छन् । उनले यस पवित्र दिनले हामी सबैलाई गौतम बुद्धका कालजयी उपदेशहरूको स्मरण गराउँदै सत्य, न्याय र मानवताको मार्गमा अविचलित भई लाग्न थप प्रेरणा दिने विश्वास व्यक्त गरे ।
सन्देशमा भनिएको छ, “नेपाल एक अनुपम विविधतायुक्त मुलुक हो । यहाँका विभिन्न जातजाति, भाषाभाषी र संस्कृति हाम्रा गौरव हुन् । वर्तमान समयमा हामीले भोगिरहेका विभिन्न सामाजिक र आर्थिक चुनौतीहरूका माझ हाम्रो जातीय र सांस्कृतिक विविधताले नै हामीलाई सधैँ एकताबद्ध रहन ऊर्जा प्रदान गरेको छ ।” विविधताभित्रको गहिरो एकता र आपसी सद्भाव नै हाम्रो राष्ट्रिय शक्ति हो भएको उल्लेख गर्दै उहाँले हाम्रा बहुधार्मिक र बहुसांस्कृतिक मूल्य मान्यताले समाजमा सहिष्णुता र भ्रातृत्वको भावनालाई प्रगाढ बनाउँदै अघि बढ्न अभिप्रेरित गरिरहेको बताए ।
“विश्व शान्तिका प्रतीक भगवान् बुद्धका शिक्षा, दर्शन र विचारहरू संसारभरिका मानिसका लागि मार्गदर्शनको स्रोत हुन् । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको यो त्रिसंयोगको दिनले विश्वलाई नै अहिंसा र प्रेमको सन्देश प्रवाह गरिरहेको छ”, सन्देशमा उल्लेख छ । मानव जीवनमा आइपर्ने विभिन्न सङ्कट र दुःखहरूबाट मुक्ति पाउन तथा समाजमा दिगो शान्ति र विकास कायम गर्न बुद्धको करुणा र मैत्रीभाव आजको सन्दर्भमा अझ बढी महत्वपूर्ण बनेको सभामुखले उल्लेख गरे ।
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया