शुक्रबार, पुष ४, २०८२

चोइटिएर जानेहरुको भविष्य छैनः पोखरेल

मेरोन्यूज २०७८ असोज २ गते १८:१४

काठमाडौं । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन् ।

शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको बताए ।

उनले एमालेको चरित्र विभाजन र विखण्डन नभइ एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए ।
विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने पोखरेलले दाबी गरे ।

‘नकारात्मक धार, बिग्रहको धार, बिभाजनको धार त्यो सकिनेछ समाप्त हुनेछ । त्यसको भविष्य छैन ।’ उनले भने ।

यो राष्ट्रिय आवश्यकतालाई वेवास्ता गरेर विभाजनतर्फ जानु एउटा गलत काम भएको उनको भनाइ थियो ।

प्रतिक्रिया