सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ४ गते आइतबारदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बताए ।
खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा नौरनौ खोप केन्द्र तोकिएका छन् ।
यसैगरी काठमाडौँ महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।
सरकारले शुक्रबार मात्रै चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो ।









राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया