कम्युनिस्ट प्रधानमन्त्री बिफल भएपछि कांग्रेसले संविधान दियो : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट प्रधानमन्त्रीहरू बिफल भएपछि कांग्रेसले देशलाई संविधान दिएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिदै नेता सिंहले कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक दिन भएको बताए ।
उनले संविभानको कार्यान्वयनको सुरु पनि कांग्रेसका सभापति शेर बहादुर देउवाले सुरु गरेको बताए । संविधानको सबैभन्दा धेरै अपनत्व र सफल कार्यान्वयनका लागि नेपाली कांग्रेस गम्भीर रहेको उनले बताए ।
उनले भने, ‘संघीयता, समावेशिता धर्मनिपरेक्षता जस्ता परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने गरि बनेको संविधानले वास्तविक परिवर्तनको अनुभूति गराएको छ । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयन गर्नुको अर्को विकल्प छैन । संविधानको सफल कार्यान्वयनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नेपालका कम्युनिस्ट पार्टीहरूले सक्दैनन् भन्ने विगतले देखाइसकेको छ ।’ उनले देशलाई स्थायित्व र समृद्धिको मार्गका लैजान कांग्रेसले मात्रै सक्ने बताए ।
















मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया