कार्यक्रम होस्टका लागि सलमानलाई भारु तीन सय ५० करोड पारिश्रमिक
मेरोन्यूज
२०७८ असोज ३ गते १५:३४

नयाँदिल्ली । भारतीय टेलिभिजनमा सबैभन्दा ठूलो रियालिटी कार्यक्रम ‘बिगबोस’को नयाँ सिजनमा होस्ट गर्न भारतीय अभिनेता सलमान खानले भारु ३ सय ५० करोड लिने भएका छन् ।
बिगबोसको ११ वटासम्म होस्ट गरेका सलमानले नयाँ सिजनका लागि भारु ३ सय ५० करोड लिएर सिजनको १५ औं श्रृंखलामा फर्किन लागेका हुन् । आफ्नो पारिश्रमिक १५ प्रतिशतले बढ्नुपर्ने सलमानको प्रस्ताव छ ।
भारतीय टेलिभिजनकै ठूलो रियारिटी कार्यक्रम ‘बिगबोस’को नयाँ सिजन सुरू हुन लागेको छ । उक्त सिजनका लागि पनि होस्ट गर्न बलिउड अभिनेता सलमान तयारीमा छन् ।
बिगबोस १५ होस्ट गर्न सलमानले तीन सय पचास करोड भारू पारिश्रमिक लिने भएका हुन् । आफ्नो पारिश्रमिक १५ प्रतिशतले बढ्नु पर्ने उनको माग रहेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।
सलमानको होस्टकै कारण चर्चामा आएको बिगबोसको नयाँ सिजन १४ हप्तासम्म चल्नेछ ।
सम्बन्धित














हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
प्रतिक्रिया