कांग्रेस महाधिवेशन
१३ जिल्लामा अझै टुंगिएन क्रियाशील सदस्यता विवाद, फेरि वडाअधिवेशन प्रभावित हुने संकेत

काठमाडौं । सत्तासिन दल कांग्रेसको अझै पनि २० जिल्लामा वडा अधिवेशन हुन सकेका छैनन। ती जिल्लाहरुमा असोज ५ मा वडा अधिवेशन गर्ने कार्यतालिका कांग्रेसको निर्वाचन समितिले तय गरेको छ ।
तर त्यसमध्येका अझै पनि १३ जिल्लाको क्रियाशिल सदस्यता नामावली सार्वजनिक भएको छैन । काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको मात्रै सदस्यता सूची निर्वाचन समितिले केही दिन अगाडी मात्रै सार्वजनिक गरेको थियो । नाम सार्वजनिक भएका ७ जिल्लामा मात्र असोज ५ मा वडा अधिवेशनको तयारी छ ।
तर बाँकी १३ जिल्लामा के हुन्छ ? अझै कांग्रेस केन्द्रीय कार्यालयले नै केही बताउन सकेको छैन ।
प्रदेश नम्बर २ का आठै जिल्ला (बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिराह, सप्तरी सर्लाही) का अतिरिक्त बाँके, रसुवा, डोल्पा, कैलाली र सुर्खेतको पनि क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन सकेको छैन् । यी जिल्लाको अधिवेशन हुने/नहुनेमा अझै अन्योल देखिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सदस्यता सार्वजनिक नभएका जिल्लाको सदस्यता पनि केही दिनभित्रै सार्वजनिक हुने बताउँछन् । ‘प्रदेश २ का आठै जिल्लाको क्रियाशीलको सुची आएपछि मात्र अब बाँकी जिल्लाको पनि गरेर एकैपटक नाम सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ,’ पौडेलले मेरोन्यूजसँग भने,–‘प्रदेश २ का जिल्लाहरुमा सवैभन्दा वढी सदस्यता विवाद देखिएको थियो । अब करिव त्यो पनि समाधानउन्मुख छ । नाम सार्वजनिक नभएका प्रदेश २ वाहेकका ५ जिल्लामा भने सूचि तयार भईसकेको छ । निर्वाचन समितिले सवै १३ जिल्लाकै एकैपटक सार्वजनिक गर्ने गरी तयारी गरे पछि मात्र रोकिएको छ ।’
कांग्रेसमा सभापति शेरबहादुर देउवा काहाँ सदस्यताको अन्तिम सूचि पुग्ने र सभापतिले प्रमाणित गरेर निर्वाचन समितिलाई बुझाएपछि मात्रै समितिले क्रियाशिल सदस्यको नाम सार्वजनिक गर्ने ब्यवस्था छ ।
क्रियाशील सदस्यता टुंग्याउन गठित कार्यदलका सदस्य आनन्दप्रसाद ढुंगानाले असोज ४ गतेसम्ममा क्रियाशील सदस्यता नामावली सार्वजनिक नभएका १३ जिल्लाको सूची पनि सार्वजनिक भईसक्ने बताए । यस अगाडी क्रियाशिल सदस्यता टुग्याउन गठित कार्यदलका सदस्य रहेका प्रदीप पौडेलले शनिवारसम्म सवै विवाद हल भएर क्रियाशिल सदस्यको नाम सार्वजनिक भइसक्ने बताएका थिए ।
तर पौडेलले भनेको समयसिमा नाघिसकेको छ । तर अझै पनि १३ जिल्लाको क्रियाशिल सदस्यको नाम सार्वजनिक हुन नसकेको हो । निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न नभएका २० जिल्लाको वडा अधिवेशन गर्ने कार्यातालिका आउन अब दुई दिन मात्रै वाँकी छ । जसले गर्दा यो पटक पनि कांग्रेसको वडा अधिवेशनकै कार्यतालिका प्रभावित बन्ने देखिइसकेको छ ।
क्रियाशील सदस्यता टुग्याउन गठित कार्यदलका सदस्य ढुङगानाले भने,– ‘क्रियाशिल सदस्यता विवाद नमिलेका वाँकी जिल्लाको अहिले मुख्य समस्या भनेकै एउटा गुनासो समाधान गर्यो अर्को उजुरी आउँनाले देखिएको हो । तर सोमबार (असोज ४) सम्ममा सबै विवाद मिलाएर क्रियाशील सूची निर्वाचन आयोगमार्फत सार्वजनिक हुन्छ ।’
सोमबार साँझ सम्म नामावली सार्वजनिक भए पर्सि (असोज ५) मा नै वडा अधिवेशन गर्न सकिने र असोज ९ गते नै पालिका अधिवेशन सम्मन्न गर्न सकिने ढुङगानाको विश्वास छ ।
गाउँ तथा नगरपालिका अधिवेशन ९ असोजमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोजमा, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्ला अधिवेशन १५ असोजमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूको अधिवेशन १८ असोजमा गर्ने गरी कांग्रेसको संसोधित निर्वाचन कार्यतालिका छ ।
त्यस्तै, प्रदेश अधिवेशन १० देखि १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा तोकिएको छ । भदौ १८ गतेदेखि २५ गतेसम्म गरी कांग्रेसले ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।
तर निर्वाचन समितिले भने आइतबार (आजै साँझसम्म) बाँकी १३ जिल्लाको पनि क्रियाशिल सदस्यताको सूचि निर्वाचन समितिमा आइनपुगे असोज ९ गतेदेखि गर्ने भनिएको पालिका अधिवेशन प्रभावित हुन सक्ने बताएको छ । क्रियाशिलको नाम समितिमा आइतबारसम्म नआए पालिका अधिवेशन तोकिएको मितिमा गर्न समय, ब्यवस्थापन लगायतका कारण पनि कठिन हुन सक्ने निर्वाचन समितिका सदस्य कृष्णगोपाल घिमिरेले बताए ।
‘नामको सूचि आएर मात्रै हुँदैन, अधिवेशन गराउनका लागि निर्वाचन समितिले निर्वाचन अधिकृत तोक्ने देखिका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।’ निर्वाचन समितिका सदस्य घिमिरेले मेरोन्यूजसँग भने,–‘पार्टीले क्रियाशील सदस्यको नामावली निर्वाचन समितिका वुझाएपछि मात्र निर्वाचन अधिकृत चयन गर्ने काम हुन्छ । यदि जतिछिटो पार्टीले क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई वुझाउँछ, त्यति नै चाँडो पालिका अधिवेशन देखिका अन्य तयारी गर्न सजिलो हुन्छ । ’
क्रियाशील सदस्यको विवाद नमिलेका जिल्लाहरुमा अन्य पार्टीबाट कांग्रेसका प्रवेश गरेकाहरुको समायोजन लफडा चलिरहेकै कारण पनि विवाद टुग्गो लाग्न नसकेको हो ।
















मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया