आईसीसी वल्डकप लिग–२
ओमानमाथि नेपालको ७ विकेटको सानदार जीत

काठमाडौं । आईसीसी वल्डकप लिग–२ मा ओमानविरुद्धको खेलमा नेपालले सात विकेटको जीत निकालेको छ ।
५० ओभरको खेलमा नेपालले मात्र १८ दशमलव २ ओभर खेल्दा १ सय ९० बल बाँकी छँदै ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
नेपालका ओपनर कुशल भुर्तेल ६ रन बनाएर आउट भए भने आसिफ शेखले ४४ बल खेल्दा ७ चौकाको मद्दतमा ४० रन जोडे ।
रोहित पौडेल ७ बल खेल्दा १ चौकाको मद्दतमा ६ रन जोड्दा कुशल भुर्तेल ८ बल खेल्दा एक चौकाको मद्दतमा ६ रनमै आउट भए ।
शरद भेषवाकरले ६ बल खेल्दा १ रन जोड्दै अविजित रहे भने ज्ञानेन्द्र मल्ल ४६ बल खेल्दा २ छक्का र ४ चौकाको मद्दतमा ५२ रन जोडेर अविजित रहे ।
यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।
ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए ।
जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए । सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४४ रन जोडे ।
नेपालका करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट तथा शरद भेषवाकरले २ विकेट लिएका थिए ।
लिग–२ मा चौथो जित हात पारेको नेपाल ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ ।
२०२० फेब्रुअरीमा नेपालमै भएको लिग–२ को सिरिजमा नेपाल ओमानसंग दुवै खेलमा पराजित भएको थियो ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया