आईसीसी वल्डकप लिग–२
ओमानमाथि नेपालको ७ विकेटको सानदार जीत

काठमाडौं । आईसीसी वल्डकप लिग–२ मा ओमानविरुद्धको खेलमा नेपालले सात विकेटको जीत निकालेको छ ।
५० ओभरको खेलमा नेपालले मात्र १८ दशमलव २ ओभर खेल्दा १ सय ९० बल बाँकी छँदै ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
नेपालका ओपनर कुशल भुर्तेल ६ रन बनाएर आउट भए भने आसिफ शेखले ४४ बल खेल्दा ७ चौकाको मद्दतमा ४० रन जोडे ।
रोहित पौडेल ७ बल खेल्दा १ चौकाको मद्दतमा ६ रन जोड्दा कुशल भुर्तेल ८ बल खेल्दा एक चौकाको मद्दतमा ६ रनमै आउट भए ।
शरद भेषवाकरले ६ बल खेल्दा १ रन जोड्दै अविजित रहे भने ज्ञानेन्द्र मल्ल ४६ बल खेल्दा २ छक्का र ४ चौकाको मद्दतमा ५२ रन जोडेर अविजित रहे ।
यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।
ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए ।
जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए । सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४४ रन जोडे ।
नेपालका करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट तथा शरद भेषवाकरले २ विकेट लिएका थिए ।
लिग–२ मा चौथो जित हात पारेको नेपाल ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ ।
२०२० फेब्रुअरीमा नेपालमै भएको लिग–२ को सिरिजमा नेपाल ओमानसंग दुवै खेलमा पराजित भएको थियो ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया