बिहीबार, वैशाख १०, २०८३

एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

मेरोन्यूज २०८३ वैशाख ६ गते १३:२६

काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका निम्ति आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ । यो अफरमा विद्यार्थीले करसहित मात्र ५० रुपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् । र, विभिन्न आकर्षक ‘बन्डल’ सेवाको फाइदा लिन सक्छन् ।

Advertisement
NiccNicc

विद्यार्थीले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् । यो पहिलो सिममा दुई जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टकटाइमका साथै मेरो स्कुल र गेमिङ प्रिमियर लिग (जीपीएल)मा २८ दिनका निम्ति निःशुल्क पहुँच पाइने कम्पनीले जनाएको छ ।

मेरो स्कुल एक डिजिटल लर्निङ प्लेटफर्म हो, यसमा अनलाइन सिकाइका निम्ति पाठ्यक्रमका थुप्रै भिडियो सामग्री उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस्तै, जीपीएल एक गेमिङ पोर्टल हो, यसमा एचटीएमएलमा आधारित विभिन्न खेलको मजा लिन सकिन्छ ।

पहिलो सिम प्रयोगकर्ताले डिजिटल वालेट खल्तीमा पनि निःशुल्क पाउँछन् । अर्थात्, ग्राहकले खल्ती प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्दैन । साथै, यो सिम लिएका ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा सात दिनसम्म मान्य हुने ५०० एमबी बोनस डाटा समेत पाउँछन् ।

एसईई दिएका विद्यार्थीले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सक्छन् । सिम लिन विद्यार्थी आफ्नो एसईईको प्रवेशपत्र र आमा वा बुवाको नागरिकताको फोटोकपीसहित नजिकको एनसेल सेन्टरमा जानुपर्छ । आवश्यक प्रमाणीकरणपछि उनीहरूको सिम सक्रिय हुन्छ ।

एनसेलले एसईईका विद्यार्थीलाई सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो लोकप्रिय ‘पहिलो सिम’ अफरलाई यो वर्ष पनि निरन्तरता दिइएको जनाएको छ ।

यो सिमले विद्यार्थीलाई आफ्ना साथीभाइ, परिवारसँग सधैँ सम्पर्कमा रहेर बाहिरी संसारसँग जोडिरहन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया