एकीकृत समाजवादीको ५५ जिल्लामा कार्य समिति गठन

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस)ले ५५ जिल्लामा कार्य समिति गठन गरेको छ । करिब एक महिनाअगाडि नेकपा एमालेबाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर संगठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो । बाँकी २२ जिल्लामा चाँडै समिति गठन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगको गठन, पुनःगठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक राजनीतिक गतिविधि सञ्चालन गर्न पार्टीले राष्ट्रियस्तरमा अभियान गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
संगठन विस्तारका लागि सदस्यता वितरण गरिने जनाइएको छ । पार्टीको संगठन विस्तारका लागि वितरण गरिने सदस्यताको फाराम अनलाइनबाट उपलब्ध गराइएको छ । पार्टीको सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिने छ ।
केन्द्रीय कमिटीको बैठकपछि पार्टीले केही नेताको विभाग हेरफेर गरेर नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ ।















युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया