माधव नेपालले भने- प्रदेश १ र बागमतीमा हाम्रो नेतृत्वमा सरकार बन्छ
प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रदेश १ र वाग्मती प्रदेशमा एकीकृत समाजवादी पार्टीका सांसदको नेतृत्वमा प्रदेश सरकार बन्ने खुलदासा गरेका छन् ।
पार्टी निकट पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै सोमबार नेपालले त्यस्तो खुलासा गरेका हुन् ।
यी दुवै प्रदेशमा अहलिे नेकपा एमाले नेतृत्वको सरकार छ । त्यसमा पनि माधव नेपालको साथ छोडेका नेताहरु प्रदेश १ मा भीम आचार्य र वागमतिमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार छ ।
यी दुवै सरकार एमालेले माधव नेपालले पार्टी विभाजन गर्ने भएपछि नेपाल निकट नेताहरुलाई रोक्ने रणनीतका साथ आचार्य र शाक्यलाई मुख्यमन्त्रीको जिम्मा दिएको थियो । दुवै प्रदेशमा सरकार अहिले अल्पमतमा छ । यी दुवै प्रदेशमा पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायत गठबन्धन दलले सरकार बनाउने तयारी गरिरहेका छन् ।
असोज ८ भित्रै यी दुवै प्रदेश सरकारका मुख्यमन्त्रीले सहज राजीनामा गरेर मार्ग प्रशस्त नगरे अविश्वास प्रस्ताव ल्याउने तयारीमा गठवन्धन दल छन् । दुवै प्रदेशमा माधव नेपाल नेतृत्वमा सरकार बनेमा प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।
तर दुवै प्रदेशमा कांग्रेसले पनि सरकारको नेतृत्वमा दावी गरिरहेका कारण गठबन्धन दलले मुख्यमन्त्री विरुद्ध एक्सन लिन सकिरहेका थिएनन् ।
तर सोमबार पार्टी निकट पेशागत महासंघको बैठकमा अध्यक्ष माधव नेपालले नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ने खुलासा गरेका हुन् ।
उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको र अन्य पार्टी भन्दा आफ्नो पार्टी कमजोर नहरेको जिकिर गरेका थिए ।
प्रदेश १ र बागमतीमा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरू स्वागत गर्नका लागि तयार भएर रहनुभए हुन्छ, माधव नेपालले भनेका थिए ।
















मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया