माधव नेपालले भने- प्रदेश १ र बागमतीमा हाम्रो नेतृत्वमा सरकार बन्छ
प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रदेश १ र वाग्मती प्रदेशमा एकीकृत समाजवादी पार्टीका सांसदको नेतृत्वमा प्रदेश सरकार बन्ने खुलदासा गरेका छन् ।
पार्टी निकट पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै सोमबार नेपालले त्यस्तो खुलासा गरेका हुन् ।
यी दुवै प्रदेशमा अहलिे नेकपा एमाले नेतृत्वको सरकार छ । त्यसमा पनि माधव नेपालको साथ छोडेका नेताहरु प्रदेश १ मा भीम आचार्य र वागमतिमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार छ ।
यी दुवै सरकार एमालेले माधव नेपालले पार्टी विभाजन गर्ने भएपछि नेपाल निकट नेताहरुलाई रोक्ने रणनीतका साथ आचार्य र शाक्यलाई मुख्यमन्त्रीको जिम्मा दिएको थियो । दुवै प्रदेशमा सरकार अहिले अल्पमतमा छ । यी दुवै प्रदेशमा पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायत गठबन्धन दलले सरकार बनाउने तयारी गरिरहेका छन् ।
असोज ८ भित्रै यी दुवै प्रदेश सरकारका मुख्यमन्त्रीले सहज राजीनामा गरेर मार्ग प्रशस्त नगरे अविश्वास प्रस्ताव ल्याउने तयारीमा गठवन्धन दल छन् । दुवै प्रदेशमा माधव नेपाल नेतृत्वमा सरकार बनेमा प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।
तर दुवै प्रदेशमा कांग्रेसले पनि सरकारको नेतृत्वमा दावी गरिरहेका कारण गठबन्धन दलले मुख्यमन्त्री विरुद्ध एक्सन लिन सकिरहेका थिएनन् ।
तर सोमबार पार्टी निकट पेशागत महासंघको बैठकमा अध्यक्ष माधव नेपालले नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ने खुलासा गरेका हुन् ।
उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको र अन्य पार्टी भन्दा आफ्नो पार्टी कमजोर नहरेको जिकिर गरेका थिए ।
प्रदेश १ र बागमतीमा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरू स्वागत गर्नका लागि तयार भएर रहनुभए हुन्छ, माधव नेपालले भनेका थिए ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया