केपी ओलीको नजरमा कुन पार्टी कस्ता ?

काठमाडौं । नेकपा (एमाले) विधान महाधिवेशनको तयारीमा छ । असोज १५ देखि १७ सम्म उसले ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
महाधिवेशनमा प्रस्तुत हुने गरी एमाले स्थायी कमिटि बैठकमा अध्यष केप ीओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव इश्वर पोखरेलले प्रस्तुत गर्ने संगठनात्मक प्रतिवेदन आन्तरिक रुपमा छलफलका क्रममा छ ।
ओलीको दस्तावेजमा पार्टीको मुख्य अन्तरविरोध कुन शक्तिसाग भन्ने नखुलेको भनी नेताहरुले नै प्रश्न उठाईरहेका छन् । तर ओलीको राजनीतिक दस्तावेजमा नेपालका राजनीतिक पार्टीहरुको बारेमा पनि चित्रण गरिएको छ ।
ओलीले एमालेको कुन पार्टीसाग कस्तो सम्वन्ध रहने कुराको बारेमा पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।
ओलीको नजरमा कुन दल कस्ता र उनीहरुसँगको एमाले सम्वन्ध अव कस्तो हुन्छ भन्ने बारेमा उल्लेख गरेका छन् ।
कुन पार्टीसँग कस्तो सम्वन्ध ?
कांग्रेस मूलत नवउदारवादी र यथास्थितीबादी शक्ति । उससँग प्रतिस्पर्धा र सहकार्यको सम्वन्ध रह्ने ओलीको दस्तावेजमा उल्लेख छ । माओवादी लोकतान्त्रिक रुपान्तरण भईनसकेको शक्तिका रुपमा ओलीले चित्रित गरेका छन् । तसर्थ माओवादीसँग सहकार्य संर्घष र रुपान्तरणको नीति अवलम्वन गर्नुपर्ने ओलीले बताएका छन् ।
त्यस्तै, मधेस केन्द्रीत दलहरु तराई –मधेसका यथास्थितीवादी शक्ति हुन् उनीहरु राष्ट्रिय एकताको प्रश्नमा गलत विचार बोकिरहेको ओलीले बताएका छन् ।
ओलीले नेपाली समाज पारम्भिक प्रकतिको पुँजीवादी समाजमा बदलिएको बताएका छन् ।
उनले नेपाल विश्व रंगमञ्चमा सधैभरी स्वतन्त्र र सार्वभौम रुपमा रहदै आएको र यसलाई अर्धउपनिवेश भन्नु त्रुटि हुने उल्लेख गरेका छन् । ओलीले अव त्यस्तो पदावली प्रयोग गर्न नहुने पनि वताएका छन् ।
एमालेको नवौं महाधिवेशनपछि नै पार्टीभित्र अस्वस्थ्ता र कटुताका असर समाप्त हुन नसकेको ओलीको वुझाई छ । उनले आफनो राजनीतिक प्रतिवेदनमा २०६२/ ०६३ को आन्दोलन र जनक्रान्ति शब्द उल्लेख गरेका छन् ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया