एमालेका मध्यमार्गी नेताहरुको टिप्पणी
‘ओलीको पार्टी दस्तावेजमा प्रचण्डको त्रास बढी देखियो’

काठमाडौं । नेकपा एमालेका मध्यमार्गी धारका नेताहरुले पार्टी अध्यक्ष केपी ओलीमा प्रचण्डको त्रास देखिएको बताएका छन् । एमालेको असोज १५ देखि ललितपुरमा शुरु हुन लागेको विधान महाधिवेशनमा प्रस्तुत गर्न ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनमा जताततै प्रचण्डको त्रास मात्र रहेको टिप्पणी गरेका हुन् ।
यस्तो टिप्पणी खासमा माधव नेपाल एमालेमा रहँदा नेपालसँगै रहेका र पार्टी विभाजनको चरणमा माधव नेपालको साथ छोडेका नेताहरुको हो ।
ओलीको राजनीतिक प्रतिवेदन र महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रस्तावमा अहिले एमाले स्थायी कमिटिभित्र छलफल जारी छ ।
तीन दिन यता जारी छलफल पछि स्थायी कमिटिमा आएका सुझाव समेटेर असोज ९ वाट शुरु हुने केन्द्रीय समितिमा राख्ने र केन्द्रीय समितिबाट आएका सुझावलाई समेटेर विधान महाधिवेशनमा प्रस्तुत गर्ने कार्यतालिका एमालेको छ ।
त्यही क्रममा अहिले नेताहरुले विधान महाधिवेशनमा लैजाने अध्यष ओली र महासचिव पोखरेलको दस्तावेज मिहिन रुपमा समिक्षा गरिरहेका छन् ।
‘पार्टी एकीकरणको ऐतिहासिक परिघटना’ शीर्षकमा ब्याख्या गर्ने क्रममा ओलीले आफनो दस्तावेजमा पार्टी एकता र त्यसपछिका परिघटनाका विषयमा सन्तुलित र समय सापेक्ष भएर विश्लेषण गर्न नसकेको र त्यसभित्र प्रचण्डको त्रास मात्रै झल्किने गरी दस्तावेज आएको टिप्पणी गरेका हुन् ।
खसगरी उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, योगेश भट्टराई लगायत नेताहरुले ओलीको दस्तावेजमाथी टिप्पणी गर्ने क्रममा दस्तावेज प्रचण्डमा केन्द्रीत रहेर समिक्षा गर्ने गरी आएको र त्यसभित्र पार्टी अध्यक्षमा प्रचण्डको त्रास देखिएको बताएका हुन् ।
‘प्रचण्डको त्रास ज्यादा प्रकट भयो, प्रचण्डलाई केन्द्रमा राखेर समिक्षा भयो । एकता संर्घष, रुपान्तरण अझ मुख्यत उन्नतस्तरको एकताको नीति लागु हुन नसक्नु पार्टी विभाजनको कारण भएको विषय नआउनु दस्तावेजको कमजोरी हो,’ मध्यमार्गी धारका नेताहरुले बैठकमा राखेका धारणा उदधृत गदै एमालेका एक स्थायी समिति सदस्यले मेरोन्यूजलाई बताए ।
ओलीले नवौं महाधिवेशनदेखि नै एमालेभित्र हुकँदै गरेको गुटगत सोचहरु एकता प्रक्रियालाई बस्तुनिष्ठ आधारमा टुग्याउन अवरोधका रुपमा देखा परेको र एमालेका कतिपय नेताको भूमिका प्रचण्डका अस्वभाविक महत्वाकाक्षालाई मलजल गर्ने, नाजायज मागलाई प्रोत्साहित गर्ने र एकतालाई असन्तुलित बनाउनेमा सहयोगी रहेको, सोही ढंगले निश्कर्षमा पुरायाउन एमालेको एकता अनिवार्य पूर्वशर्त थियो । तर कतिपय नेताहरुबाट आफ्नो नेतृत्वलाई कमजोर गर्ने अवसरको रुपमा एकतालाई अगाडी वढाएको लगायत उल्लेख छ ।

‘प्रचण्डको प्रयोगात्मक प्रयास र दाउपेजमा एमालेका कतिपय नेताहरु सहयोगी भईदिए । ’
–केपी ओली, अध्यक्ष नेकपा एमाले
ओलीको यस्तो सश्लेषण मध्यमार्गी धारका नेताहरुले सन्तुलित समिक्षा नभएको टिप्पणी गरेका हुन ।
त्यस्तै प्रचण्डले आफनो हेडक्वार्टरलाई गुटको केन्द्र बनाएको, कोर अफ दि लिडर भनिने सचिवालयलाई विचार, पार्टी सञ्चालन र राजनीतिको केन्द्र नभई कुन्ठा किचलो र अन्त्यहीन गुटवन्दीको थलो बनाएको, प्रचण्डको ध्यान आलोपालो र भागवन्डामा मात्रै रहेको, सके पार्टी कब्जा गर्ने, नसके पार्टीमा जर्वजस्त अन्तरविरोध सिर्जना गर्ने , त्यही अन्तरविरोधमा खेल्ने र पार्टी विभाजित गर्ने प्रचण्डको प्रयोगात्मक प्रयास रहेको र एमालेका कतिपय नेताहरु प्रचण्डको त्यसप्रकारको दाउपेजमा सहयोगी बेनर प्रस्तुत भएको विश्लेषण ओलीले आफनो दस्तावेजमा गरेका थिए ।
तर ओलीले पार्टीभित्रको विवाद मिलाउन र ‘कट अफ डेट’को रुपमा पाटीृले लिएको २०७७ भाद्र २६ गते स्थायी कमिटिको निर्णय कार्यान्वनयमा नजानु विभाजनको कारण भएको विषयमा उल्लेख नगरेको भन्दै आलोचना गरेका हुन ।
प्रतिक्रिया