‘बालबालिकाका लागि छुटै वार्ड तयारी अवस्थामा राखेका छौं ’

काठमाडौं । अहिले देशैभर कोरोना संक्रमण दर केही मात्रा घटेको छ । जतिबेला कोरोना संक्रमण बढेको थियो, त्यतिबेला नेपालगञ्ज कोरोना दोस्रो लहरको संक्रमणमा हटस्पट नै बनेको थियो। संक्रमको दर ह्वातै बढ्दा त्यसको मार सबैभन्दा बढी भेरी अस्पतालले खेप्नु पर्यो । नेपालगञ्ज लगायतका आसपास क्षेत्रका कोरोनाका बिरामीको उपचारमा भेरी अस्पतालले गर्यो । कोरोनाको तेस्रो लहरमा बालबालिकाहरु बढी जोखिम पर्ने विभिन्न अध्ययनहरुले देखाएको छ । कोरोनाकाे तेस्रो लहरका लागि के के तयारी गरेको छ ? अहिले कसरी सेवा दिइरहेको छ भन्ने बिषयमा केन्द्रित रहेर भेरी अस्पतालकी नर्सिङ अधिकृत शिला शर्मासँग मेरोन्युजकर्मी सञ्जिता खनालले गरेको कुराकानीको अंश :-
अहिले भेरी अस्पतालले बिरामीलाई कसरी सेवा दिइरहेको छ ?
अहिले हेर्दा गत सातादेखि कोरोना संक्रमितको संख्या केही घटेको देखिन्छ । अहिले अर्को के देखिएको छ भने संक्रमणको दर घट्ने बढ्ने देखिएको छ । अहिले अस्पतालका ननकोभिड सेवा पनि सञ्चालनमा नै छन् । संक्रमितको संख्या त घटेको छ । तर संक्रमणपछि जटिल हुने बिरामीको संख्या भने खासै घटेको देखिदैन । अहिले पनि दिनमा कोभिडकै कारण एक– दुई जनाले ज्यान गुमाइरहेका छन् ।
अहिले भेरी अस्पतालमा आइसीयू र भेन्टिलेटरको संख्या के छ ?
आईसीयू भनेर दुई वटा हल छुट्याएका छौं । हल ‘ए’मा १४ वटा आईसीयू नै भनेर बेड राखेका छौं । भेन्टिलेटर १५ वटा रहेका छन् । एकै पटक १५ वटा नै भेन्टिलेटर भरिदैन् । अहिले तेस्रो लहरको तयारीमा थप भेन्टिलेटरहरु थपिएका छन् ।
कोरोनाको तेस्रो लहरमा बालबालिकाहरु जोखिममा देखिने भन्दै अन्य देशहरुले तयारी गरिरहेका छन् भने अहिले भेरी अस्पतालले तेस्रो लहरका लागि के के तयारी गरेको छ ?
कोरोनाको तेस्रो लहरमा कसरी बिरामीको ब्यस्थापन गर्ने भन्ने विषयमा हामीले तयारी गरिरहेका छौं । विभिन्न अध्ययनहरुले बालबालिकाहरु बढी जोखिममा पर्ने भनेर बाहिर आईरहेका छन् । यस अस्पतालमा पनि बालबालिकाको लागि पेडियाट्रिक आईसीयू तयारी अवस्थामा छ । बालबालिकाको उपचारमा चाहिने अन्य उपकरण पनि तयारी अवस्था राखिएको छ । बेड पनि तयारी अवस्थामा छ । हामीले छुटै पेडियाट्रिककै तालिम त दिएका छैनौ तर अन्य आईसीयूको तालिम दिएका छौ । बालबालिकाको उपचारका लागि छुटै वार्ड नै छुट्याएर तयारी अवस्थामा राखिएको छ ।
कोरोना दोस्रो लहरमा भेरी अस्पतालमा विरामी चाप बढी थियो, त्यो बेलामा कसरी व्यवस्थापन गर्नुभयो ?
पहिलो लहर आएरपछि केही समय संक्रमितको संख्या केही घटेको थियो । तर पहिलादेखि नै हामीले तयारी गरिरहेका नै थियौं । तर एक साताको समयमै संक्रमितको संख्या थेग्न नसक्ने गरी नै बढ्यो । सबै तिरबाट कोरोनाका बिरामीहरु रिफर भएर आउन थाले ।
अस्पतालमा बेडको अभाव हुन थाल्यो । अक्सिजनको अभाव भएको थियो । अन्य ननकोभिडका सेवा रोकेर त्यहाँका बेडहरु कोभिडमै प्रयोग गरियो । तर निकै गाह्रो भएको थियो । केहीदिन त आकस्मिक वार्ड अगाडि टेन्ट टाँगेर सेवा दियाै । अस्पतालमा भएका नर्स स्वास्थयकर्मीको अभाव खड्कियो । निकै जोखिम र चुनौति थियो । बिस्तारै संक्रमितको संख्यामा पनि कमी आयो । अस्पतालमा अक्सिजन ट्याङ्क पनि राखियो । सहज पनि भयो ।
भएका जनशक्तिलाई कसरी सेवा दिएका थिए ?
कोभिडबाहेका अन्य नन कोभिड वार्ड पनि सञ्चालनमा थियो । त्यहाँका जनशक्ति पनि कोभिडमै राख्यौ । अर्को स्वास्थ्यकर्मी र नर्सको ड्युटी समय पनि बढ्दो छ । करारमा भएपनि जनशक्ति माग गरर्यो । भएका जनशक्तिलाई पनि साप्ताहिक बिदा पनि कटौति गरेर रातदिन नभनी सेवामा खटायौं ।
कोरोनाको दोस्रो लहरमा कुन उमेर समूहका बिरामीहरु बढी भर्ना भएका थिए ?
यस अस्पतालमा पहिलो कोरोनाको लहरमा दीर्घ रोग भएका जेष्ठ नागरिक बढी प्रभावित भएका थिए । पहिला हामी बढी उमेरको मृत्यु हुने दर बढी हुन्छ भन्थ्यौं तर दोस्रो लहरमा त्यो देखिएन् । तर दोस्रो लहरमा कुनै पनि रोग नभएका र युवाहरुको मृत्यु भएको देखियो ।
पहिलो लहरमा संक्रमितको संख्या बढि भएपनि मृत्यु हुने दर कम थियो ।
अहिले अस्पतालका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाएका छन् कि छैनन् ?
यस अस्पतालमा विभिन्न समूहका स्वास्थ्यकर्मीहरु रहेका छन् । कोही प्रदेशबाट नियुक्त भएका छन् । उनीहरुलाई प्रदेश सरकारले जोखिमभत्ता दिएको छ । तर उहाँहरुको फागुनसम्म १ सय प्रतिशत, ५० प्रतिशत जोखिम भत्ता दिएकोमा साउनपछि भने त्यो भत्ता पाउनु भएको छैन।
अन्त्यमा: धेरैले कोरोना संक्रमण केही पनि हैन भनेर हेल्चेक्राई गरेको देखिन्छ, उनीहरुलाई तपाई के भन्नु हुन्छ ?
कोरोना संक्रमणको जोखिम घटेको छैन् । अर्को यो कोरोना कुनै रोग नभएका र युवाहरुलाई जोखिम छैन भनेर हेल्च्याक्राई पनि गर्नुहुदैन् ।
दोस्रो लहरमा हामीले केही पनि रोग नभएकाहरुमा पनि यो संक्रमणबाट जटिल भएर ज्यान गुमाएका छन् । जोखिम सबै उमेर समुहकालाई छ । जोखिम हुदाँहुदै पनि हामीले अब संक्रमण घट्यो भनेर जनस्वास्थ्यको मापदण्ड मास्क नलगाउने, भिडभाडमा जाने हात नधुने कसैले पनि गर्नुहुदैन । फेरि तेस्रो लहर नआउँला भन्न सकिन्न । हाम्रो आनीबानीकै कारण संक्रमण अवस्था हेरफेर हुने हो ।
अब हाम्रा चाडपर्व आउदैछ । हामी शहर छोडेर गाउँ जान्छौं । त्यसरी जाँदा हामी सचेत भने हुनैपर्छ । पहिला पनि चाडपर्व पछि संक्रमणको दर ह्वातै बढेको थियो । हामी संक्रमण दर बढ्न नदिन र संक्रमित नहुन सावधानी अपनाउनै पर्छ । अर्को मैले खोप लगाएको छु, म पूर्ण सुरक्षित छु भन्ने अवस्था छैन।
















नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया