बुधबार, वैशाख २, २०८३

गुल्मीमा घरमाथि पहिरो : जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु

मेरोन्यूज २०७८ असोज ६ गते ७:४३

गुल्मी । गुल्मीमा पहिरोले घर भत्काउँदा घरभित्रै सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ८ थुम्कामा तिलक परियारको घरमाथी पहिरो खसेको हो । त्यहीक्रममा कोठामा सुतिरहेका उनका छोरीहरू २१ वर्षीया भावना परियार र १४ वर्षका जुम्ल्याहा गंगा परियार र जमुना परियारको मृत्यु भएको हो।

गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले घरभित्रै सुतिरहेका तीन जना दिदीवहिनीको मृत्यु भएको पुष्टि गरे ।
‘राति १२ बजेतिर हुनुपर्छ, घरमाथिबाट पहिरो खसेर कोठा भत्किँदा भित्र सुतिरहेका चार दिदीबहिनीमध्ये जुम्ल्याहासहित तीन जनाको मृत्यु भएछ’, एसपी भट्टराईले भने, ‘एक जनालाई भने हतारहतार तानेर बचाउन सफल भएछन्।’

उनका अनुसार पहिरोले पक्की घरको एउटा कोठा मात्र भत्काएको छ । उनीहरूका बुबाआमासहित घरका अन्य सदस्य भने सकुशल छन्।

प्रतिक्रिया