ऐतिहासिक दस्तावेज ‘चितवन दर्पण’ प्रकाशन

चितवन । जिल्लाको इतिहास, वर्तमान र परिकल्पना समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशन गरिएको छ । जिल्ला समन्वय समितिले प्रकाशन गरेको पुस्तकको मंलबार पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विमोचन गरिन् ।
पुस्तकका लागि यहाँका सात पालिका समेटेर पाँच विषयविज्ञ लेखकले लेखेका छन् । पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने पुस्तक प्रकाशन तथा संयोजन समितिका संयोजकसमेत रहेका बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले जानकारी दिए । उनले ‘चितवन दर्पण’ पुस्तक यहाँको ऐतिहासिक दस्तावेज भएको बताए ।
“विज्ञ लेखकले निकै मेहेनत गरेर लेख्नुभएको छ”, उनले भने, “पुस्तकबाट वर्तमान र भावी पुस्ताले जिल्लाका बारेमा धेरै जानकारी लिन सक्नेछन् ।” जिल्लाको यतिधेरै तथ्य तथ्यांकसहित ऐतिहासिक विषयवस्तु समेटिएर प्रकाशन गरिएको यो पुस्तक पहिलो भएको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले एउटै पुस्तकमा समग्र जिल्लाको जानकारी प्राप्त गर्न सकिने जानकारी दिए । उनले पुस्तकबाट चितवनका बारेमा धेरै जानकारी प्राप्त गर्न सकिने जनाउँदै नयाँ पुस्ताले एउटै पुस्तकबाट धेरै विषय अध्ययन गर्न सक्ने बताए । पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने उनको भनाइ छ । जिल्लाका विज्ञहरुलाई सहभागी गराएर पुस्तक प्रकाशन गर्न पाउँदा खुसी लागेको डल्लाकोटीले बताए ।
पुस्तक प्रकाशनका क्रममा विज्ञसहितको टोलीले चितवनका सात पालिकामा पुगेर तथ्य तथ्यांक संकलन गरेको थियो । सबै पालिकाका अग्रज तथा विज्ञहरुसँग आवश्यक जानकारी लिइएको पुस्तक प्रकाशन तथा संयोजन समितिमा सदस्यसचिव डा विश्वराज सुवेदीले जानकारी दिए । उनले विज्ञहरुको एक वर्षको मेहेनतबाट पुस्तक प्रकाशन गर्न सफल भएको बताए । पुस्तकमा जिल्लाका ऐतिहासिक र परिकल्पना गरेका तस्वीरसमेत राखिएको छ ।
जिल्लाको स्थापनामा महत्वपूर्ण योगदान पु¥याउने अग्रजहरुको परिचय र योगदानसमेत पुस्तकमा समावेश गरिएको छ । पुस्तक प्रकाशनका क्रममा आवश्यक तथ्य, तथ्यांक उपलब्ध गराउनका लागि जिल्लावासीमा आह्वानसमेत गरिएको थियो ।
सामाजिक विकासमन्त्री सुवेदी संयोजक रहेको पुस्तक प्रकाशन तथा संयोजन समितिमा सदस्यसचिव डा विश्वराज सुवेदी, सदस्यमा प्रा डा देवीप्रसाद कँडेल, राजेन्द्र रेग्मी, रमाकान्त सापकोटा, इन्द्रप्रसाद लामिछाने, मुनाकुमारी श्रेष्ठ, डिआर पोखरेल, कपिल सुवेदी, डा इन्द्रविलास घिमिरे रहेका छन् ।
यस्तै जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतमको संयोजकत्वमा व्यवस्थापन समिति र सम्पादक सहयोग समितिका संयोजक नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी, सदस्यमा पत्रकार दीपेन्द्र अधिकारी र कृष्ण आचार्य रहेका छन् । पुस्तकमा भाषा सम्पादनको काम प्रध्यापक कृष्णमणि पहारीले गरेका छन् । पुस्तक प्रकाशनमा योगदान पु¥याउने सबैलाई पाँचौँ जिल्लासभामा सम्मानसमेत गरिएको छ । रासस

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया