सार्क परराष्ट्रमन्त्रीस्तरीय ‘साइडलाइन’ बैठक स्थगित
डा नारायण खड्का आजै परराष्ट्रमन्त्री बन्ने, आजै बेलुकी न्यूयोर्क जाने

काठमाडौँ । नेपालमा प्रधानमन्त्री शेरवहादुर देउवाले ७२ दिनसम्म पनि सरकार विस्तार गर्न नसकिरहेका बेला आजै एक जना परराष्टमन्त्री भने थपिदैछन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा नेपालका तर्फवाट प्रतिनिधित्व गर्ने गरी कांग्रेस नेता नारायण खडकालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेर सरकारले बैठकमा भाग लिन पठाउँदैछ ।
सपथ लिएपछि खडका आजै वेलुकी ८ बजे न्यूयोर्क जाने तयारीमा जुटिसकेका छन् ।
मुख्यतः उनको राष्टसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्ने र न्यूयोर्कमै सार्क परराष्टमन्त्रीहरुको ‘साइडलाइन’ वार्ता गर्ने वताईएको थियो । सेक्टेम्वर २५ मा सार्क परराष्ट्रमन्त्रीको साइडलाइन वार्ता हुने मिति तय भएको थियो ।
नेपालले परराष्टमन्त्री त पाएको छ । तर अचानक सार्कको परराष्टमन्त्रीहरुको न्यूयोर्कमा हुन लागेको सार्क परराष्टमन्त्रीहरुको साइडलाइन बैठकम भने स्थगित भएको छ ।
सदस्य राष्ट्रहरूबीच सहमति नजुटेकाले बैठक स्थगित भएको सार्क सचिवालयले जनाएको छ ।
सार्क सचिवालयबाट सबै सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयलाई बैठक स्थगित भएको जानकारीसहितको पत्र पठाइसकिएको छ । सार्कको अध्यक्षसमेत रहेको नेपालको परराष्ट्र मन्त्रालयले सेप्टेम्बर २५ मा हुने भनिएको सहमति नजुटेकाले साइडलाइन बैठक नहुने जानकारी दिएको थियो ।
साइडलाइन बैठकमा कम्तीमा सार्कका ८ मध्ये ६ मुलुक सहभागी हुनुपर्ने भए पनि सहमति नजुटेको बताएको छ । अफगानिस्तानमा हालै तालिवानीले सरकार निर्माण गरेको र उनीहरुको सहभागिता अन्यौल थियो । तर पाकिस्तानले पनि अफगानिस्तानको सहभागितामा जोड गरेपछि अफगानिस्तान सहभागी नभई बैठक राख्न अश्वीकार गरेको थियो । त्यसो हुँदा २ राष्ट छुटने लगभग देखिएपछि वैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानले बैठकमा अफगानिस्तानबाट पनि सहभागिता हुनपर्ने कुरामा जोड दिएको तर नेपाल, भारत लगायतले अफगानिस्तान सरकारलाई औपचारिक मान्यता नदिई पर्ख र हेरको नीतिमा रहेकोले पाकिस्तानको उक्त अडानका कारण साइडलाइन बैठक स्थगित हुन पुगेको उल्लेख गरेको छ ।
लामो समयदेखि सार्कको बैठक समेत प्रभावित हुदै आईरहेको थियो । न्यूयोर्कमा हुने परराष्टमन्त्रीहरुको साइडलाइन बैठकले देखिएको गतिरोध तोडेर बैठकको लागि बाटो खोल्ने अनुमान गरिएको थियो । तर बैठक नै स्थगित भएपछि सार्कको बैठकमा थप अन्यौलता देखिएको छ ।
पछिल्लो समय भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धका कारण सार्क निष्क्रियजस्तै बनेको छ । सन् २०१४ मा काठमाडौंपछि सार्क शिखर सम्मेलन आयोजना हुन सकेको छैन ।
















अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया