परराष्ट्रमन्त्रीले लिए सपथ
नारायण खड्कालाई नै परराष्ट्रमा किन रोजे देउवाले ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.नारायण खड्का बुधबार परराष्ट्र मन्त्री नियुक्त भएका छन् । उनले राष्ट्रपति भवन शित्तल निवासमा सपथ पनि खाईसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई सपथ ग्रहण गराएका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेबहादुर देउवाले परराष्ट्रन्त्रीमा खड्काको नाम प्रस्ताव गरेका थिए ।
गठवन्धन दलको बैठक अगाडी देउवाले सत्तासहयात्री दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटी परराष्ट्रमन्त्री भएपनि नियुक्त गर्नुपर्ने प्रस्ताव र वाध्यता सुनाएपछि साँझ गठबन्धन दलको बैठकबाट कांग्रेसले परराष्ट्रमन्त्री लिने र त्यसमा डा. खड्कालाई नियुक्त गर्ने समझदारी बनेको हो ।
उनी आजै राती संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिन अमेरिका जाँदैछन् । गठबन्धन दलभित्र शुरुमा परराष्ट्रमा जनता समाजवादी पार्टी (जसपा)को दावी थियो । तर पछि कांग्रेसले नै परराष्ट्र लिने तय भएपछि कांग्रेसभित्र सुजाता कोइराला र मिनेन्द्र रिजालले दाबी गदै आएका थिए । तर प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाको रोजाईमा भने खड्का नै परे ।
कांग्रेसभित्र नै संस्थापन ईतर पक्षले भने खड्कालाई परराष्ट्रमन्त्री बनाएकोमा असन्तुष्टी जनाएको छ । पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्री तथा पार्टी सभापतिले टिपेर मन्त्री नियुक्त गर्न थालेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन दलको बैठकमै विमति जनाएका थिए ।
उनले यस विषयमा आफनो समुहको धारणा तय गर्न अहिले कांग्रेस महामन्त्री डा. शसांक कोइरालाको महाराजगञ्जस्थित निवासमा वैठक बोलाएका छन् ।
अहिलेसम्म कांग्रेसबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृह मन्त्रीमा बालकृष्ण खाँण भईसकेका छन् । वुधबार देउवा प्रधानमन्त्री नियुक्त भएको ७२ दिनमा परराष्ट्रन्त्रीमा खड्का पनि थपिएका छन् । एक जना स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पनि देउवाले बनाएका छन् ।
एकातिर गठबन्धन सरकार चलाएर ७२ दिनसम्म मन्त्रिमण्डल पूर्णता दिन चुकेको र अर्काेतिर पार्टीभित्र छलफल नगरी टिपेर आफना मान्छेलाई मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट भएको छ ।
यस कारण देउवाको रोजाईमा खड्का
कांग्रेसभित्रका अन्य नेताको तुलनामा खड्काको वैदेशिक नियोगका पदाधिकारीसँग राम्रो सम्बन्ध भएका नेता मानिन्छन् । छिमेकी मुलुकसँग अघिल्लो सरकारले सम्बन्ध विगारेको र त्यसलाई सधार गरेर सन्तुलित सम्वन्ध बनाउनका लागि पनि देउवाले डा खडकालाई रोजेका वालुवाटार स्रोत बताउँछ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बिगारेका बैदेशिक सम्बन्ध देउवालाई सुधानै पर्ने छ । त्यो बिग्रेको सम्बन्ध सुधार गर्न परराष्ट्रमन्त्री खड्का देउवाको रोजाईमा परे । खड्का कांग्रेसको परराष्ट्र विभागका प्रमुख पनि हुन् ।
जसका कारण पनि उनको वैदेशिक नियोगका पदाधिकारीसँग राम्रो सम्बन्ध भएकाले आफ्नै पार्टीभित्र अन्य नेताले दाबी गरे पनि देउवाले बैदेशिक सम्बन्ध सुधार्न खड्कालाई रोजेको कांग्रेसभित्रकै नेताहरु बताउँछन् । पछिल्लो समय प्रधानमन्त्री देउवालाई खड्काले वैदेशिक नियोगका पदाधिकारीसँग भेटघाट गराउने सूत्रधारका रूपमा काम गदै आएका थिए ।
देउवा समुहका एक नेताले मेरोन्युजसँग भने,‘नारायण जी र शेबहादुर दाईबीच अहिलेको सम्बन्ध पनि हैन्, कांग्रेस विभाजन हुनुभन्दा अघि देखिकै सम्बन्ध छ ।’
देउवासँग यसरी नजिक भएका थिए खड्का
खड्का केही समय तत्कालीन वरिष्ठ नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकार बनेका थिए । तर देउवाले नेपाली कांग्रेस विभाजन गरेर (प्रजातान्त्रिक) गठन गर्दा खड्काले देउवालाई बलियो साथ दिएका थिए । तर कांग्रेस एकता भएपछि भने खड्काले देउवाको साथ छोडे ।
१२ औँ महाधिवेशनमा खड्काले देउवालाई साथ दिएनन् । तर १३ औं महाधिवेशनमा पुन देउवालाई उनले साथ दिए ।
खड्का राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । सरकार निर्माणका सन्दर्भमा पनि बाह्य वातावरण मिलाउने भूमिकामा खड्का अग्रसर थिए । खड्काले वैदेशिक मामिलाबारे दुईवटा किताब लेखेका छन् ।
को हुन खड्का ?
डा. खड्का वि.सं. २००५ साल चैत ७ गते भोजपुरमा जन्मे । डा. खड्काले भारतको पुनामा अर्थशास्त्रमा पी.एच.डी गरेका हुन् । डा.खड्काले विद्यार्थी राजनीति मार्फत २०२३ सालमा राजनीतिक यात्रा शुरु गरेका थिए । विद्यार्थी संगठनबाट राजनीतिमा आएका खड्का विराटनगर र काठमाडौँमा पटक–पटक पक्राउ परेका थिए । स्वर्गिय सुशिल कोइराला प्रधानमन्त्री हुदाँ खड्का सहरी विकास मन्त्री भएका थिए । उनले उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यको जितेका हुन् ।
तस्वीर :नारायण खड्काको फेसबुकबाट

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।










कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया