बैदेशिक रोजगारीको लागि दक्षिण कोरियाको बाटो खुल्यो

काठमाडौं । बैदेशिक रोजगारीको लागि करिब दुई वर्षदेखि दक्षिण कोरिया जान नपाएका नेपाली कामदार दशैतिहारपछि जान पाउने भएका छन् ।
वैदेशिक रोजगार विभाग र ईपीएस नेपाल सेन्टरबीच भएको छलफलमा नोभेम्बरदेखि श्रमिक पठाउने निर्णय भएको हो ।
बैठकमा सहभागि बैदेशिक रोजगार विभागका सूचना अधिकारी कमल ज्ञवालीले दक्षिण कोरियाका सबै सर्त पालना गर्न नेपाल सहमत भएकाले दशं तिहारपछिका लागि बाटो खुलेको जानकारी दिए ।
उनले दक्षिण कोरिया जानका लागि सीधै उडानमार्फत लैजानुपर्ने सर्तअनुसार हवाई टिकट खरिद गर्न टेन्डर आह्वान भइसकेकाले अहिले टेन्डर खोल्ने प्रक्रियामा रहेको जानकारी दिए ।
अडोज इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीमार्फत दक्षिण कोरिया जाने नेपालीले आफ्नै खर्चमा बीमा गर्नुका साथै क्वारेन्टाइनमा बस्नुपर्ने सर्त पनि पालना गर्ने सहमत भएकाले तिहारपछि कोरिया जानका लागि बाटो खुलेको बैठकमा सहभागी इपिएस कोरिया शाखाका महानिर्देशक दिपक काफ्ले जनाएका छन् ।
उनले कोरियाले राखेका सर्तअनुसार बढी खर्च भएपनि कोरिया जान लागेका नेपालीसँगको छलफलबाट जानका लागि बाटो खोलेको प्रष्ट पारे ।
भाषा परीक्षा पास गरेका र सबै प्रक्रिया पूरा भएर पनि जान नपाउने डर भएकाहरुले इपिएस कोरिया शाखा, बैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय लगायतमा आग्रह गरेका थिए । भाषा परीक्षा पास गरेका ७ हजार जना र फेरि जान लागेकाहरु ३ हजार जना रहेको सरकारी तत्थ्यांकमा उल्लेख छ ।
यसअघि गत बैशाख १४ गते मन्त्रीपरिषदको बैठकले ईपीएस अन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको थियो ।
नेपाल कोरिया दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय भएको थियो ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण कोरियाबाट भिसा आएर पनि जान नपाएका कामदारलाई लकडाउनकै बीचमा कोरिया पठाइने भएको हो ।
२०७६ चैतको ११ गतेबाट नेपालमा लकडाउन भएपछि अन्तर्राष्ट्रिय उडान बन्द भयो । त्यसपछि पनि कोही कामदार कोरिया जान पाएका छैनन् । तर कोरियाले भने भिसा दिएको तीन महिनाभित्रै कोरिया पुग्नुपर्ने बाध्यकारी नियम बनाएको छ ।











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया