गच्छदार पार्टी सभापतिको प्रतिष्पर्धाबाट बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभपतिको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गच्छदारले पार्टी सभापतिमा दाबी नगर्ने घोषणा गरेका छन् ।
पार्टीको १४औँ महाधिवेशनमा आफ्नो सभापतिका लागि उमेदवारी नदिने र भविष्यमा पनि सभापतिको उम्मेदवारमा प्रतिस्ष्पर्धा नगर्ने उनको भनाइ छ ।
‘अहिले तत्काल कुनै गुट, नेताको पक्षमा छैन, वकालत पनि गर्दिन,’ उनले भने–‘पार्टी सभापति शेबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल दुबै मेरो आदणीय नेता हुनुहन्छ, उहाँहरु दुई नेताहरु मिलेर पार्टी चलाएको हेर्न चाहने व्यक्ति हुँ ।’
उनले आफू नेपाली कांग्रेस बलियो बनाउन आएको समेत बताए । मधेशी लोकतान्त्रिक फोरमबाट कांग्रेसमा २४ हजार ४६८ जना सदस्य प्रवेश गरेकामा २३ हजार ४ सयले क्रियाशील नविकरण गरेको उनले बताए । उनले भने– ‘कांग्रेसका जति अधिकार छ,त्यो अन्य पार्टीबाट आएहरुको त्यति नै अधिकार हुन्छ ।’
गच्छदार ललिता निवास जग्गा प्रकरणमा मुछिएका थिए ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया