गच्छदार पार्टी सभापतिको प्रतिष्पर्धाबाट बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभपतिको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गच्छदारले पार्टी सभापतिमा दाबी नगर्ने घोषणा गरेका छन् ।
पार्टीको १४औँ महाधिवेशनमा आफ्नो सभापतिका लागि उमेदवारी नदिने र भविष्यमा पनि सभापतिको उम्मेदवारमा प्रतिस्ष्पर्धा नगर्ने उनको भनाइ छ ।
‘अहिले तत्काल कुनै गुट, नेताको पक्षमा छैन, वकालत पनि गर्दिन,’ उनले भने–‘पार्टी सभापति शेबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल दुबै मेरो आदणीय नेता हुनुहन्छ, उहाँहरु दुई नेताहरु मिलेर पार्टी चलाएको हेर्न चाहने व्यक्ति हुँ ।’
उनले आफू नेपाली कांग्रेस बलियो बनाउन आएको समेत बताए । मधेशी लोकतान्त्रिक फोरमबाट कांग्रेसमा २४ हजार ४६८ जना सदस्य प्रवेश गरेकामा २३ हजार ४ सयले क्रियाशील नविकरण गरेको उनले बताए । उनले भने– ‘कांग्रेसका जति अधिकार छ,त्यो अन्य पार्टीबाट आएहरुको त्यति नै अधिकार हुन्छ ।’
गच्छदार ललिता निवास जग्गा प्रकरणमा मुछिएका थिए ।










काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया