विप्लवको गुनासोः ओलीसँग विश्वास गरेर तीन बुँदे गर्यौं तर सहमति पालना भएन

पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग विश्वास गरेर तीन बुँदे सहमति गरेपनि अझै सहमति लागू नभएको गुनसो गरेका छन् ।
पोखरामा बुधबारदेखि शुरु भएको पार्टी निकट विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै विप्लवले अहिलेको सरकारसँग पनि उक्त सहमति लागू गर्न आग्रह गरिरहेको बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि पनि उक्त सहमतिबारे भेटेरै कुरा गरेको विप्लवले बताए । सात महिनाअघि भएको सहमति पालना नभएको भन्दै उनले अब पनि सहमति पालना नभए सहमति तोड्ने चेतावनी दिए ।
जेलमा रहेका आफ्ना कार्यकर्ता छुटाउन सरकारले घेरा हाल्न खोजे मा घेरा तोड्ने विप्लवको चेतावनी थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच फागुन २१ गते तीनबुँदे सहमति भएको थियो ।
तत्कालीन सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्नेलगायत सहमति भएपछि विप्लव शान्तिपूर्ण आन्दोलनमा फर्किएका थिए ।
‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को बुधबारदेखि शुरु भएको २२ औं राष्ट्रिय सम्मेलन असोज ८ गतेसम्म चल्नेछ । सम्मेलन उद्घाटन हुनुअघि विद्यार्थीहरुले सडकमा र्याली निकालेका थिए ।
















सुशासन र पारदर्शितामा सांसदहरूको जोड
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
प्रतिक्रिया