ऋण लिएर नेताको उपचार र आफ्नो मान्छेलाई पदक बाँड्न मिल्छ ?

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठकमार्फत ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै विरोध गरेका थिए ।
एमालेका सांसदहरूले विरोध गरिरहँदा नेपाल मजदुर किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले राष्ट्र ऋण उठाउने विधेयकविरूध आफ्नो फरक अभिमत राखेका थिए । उनले राष्ट्रले अनावश्यक ऋण लिएर भावी पुस्तालाई ऋणको भार बढाउन खोजेको बताए ।
‘वार्षिक झण्डै ३ खर्ब ऋण लिएर सरकारले किन सही ठाउँमा प्रयोग गर्न सकेन, सार्वजनिक ऋण लिएर भारतसँग खरिद गरेको चामल हवाई जहाजसम्म नभएको कम्पनीलाई महंगोमा ठेक्का दिन मिल्छ,’ उनले भने, ‘सार्वजनिक ऋण लिएर नेताहरूको उपचार र आफ्नो मान्छेलाई सम्मान गरी पदक बाँड्न करोडौँ रुपैयाँ किन खर्च गरेको ? यसबारे प्रश्न उठ्दै आएको छ ।’
उनले सरकारको ध्यान चीनसँग समन्वय गरी सबै नेपालीलाई कोरोनाविरुद्धको खोप दिनुभन्दा सत्ताको खेलमा केन्द्रीय भएको बताए । यस्तै, उनले स्रोत नखुलेको सम्पत्तिलाई कानुनी अधिकार दिने होइन त्यसलाई सरकारले जफत गरी सरकारीकरण गरी अगाडि बढ्नु पर्ने बताए ।
प्रतिनिधिसभाको अर्को बैठक असोज ११ गते दिउँसो दुई बजे बस्ने भएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया