१४ औँ महाधिवेशन तयारी
हिमाली जिल्लामा दशैँअघि नै कांग्रेसले जिल्ला अधिवेशन गर्ने
मेरोन्यूज
२०७८ असोज ७ गते २०:५०

काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशनको कार्य तालिकाअनुसार हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले पालिकाबाहेकका सबै अधिवेशनहरू दशैंपछि गर्ने निर्णय गरेको थियो ।
पार्टीको बिहीबार सिंहदरबारमा निर्वाचन समितिसहितको पदाधिकारी बैठकले मौसमलाई मध्यनजर गरेर हिमाली जिल्लामा दशैंअघि नै अधिवेशन गर्ने निर्णय गरेको हो ।
हिमाली जिल्लाको सूचीमा सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, ताप्लेजुङ, संखुवासभा, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला रहेका छन् ।
कांग्रेसमा हालसम्म ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । ती जिल्लामा ९ असोजमा पालिका अधिवेशन तयारी छ ।
१३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका नै प्रभावित भएको छ ।
सम्बन्धित
















एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
इरान–अमेरिका तनाव चुलियो, ट्रम्पको ४८ घण्टे अल्टिमेटम
नवनिर्वाचित सभामुख अर्यालले गरे पद बहाली
रूसमा ड्रोन आक्रमण: ७ सर्वसाधारण घाइते, तेल पाइपलाइनमा क्षति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
प्रतिक्रिया