निजी शिक्षा बारे ओली-घनश्याम सवाल जवाफ
ओली भन्छन् - शिक्षामा निजी लगानी राष्ट्रियकरण गर्नु प्रत्युत्पादक, घनश्याम भन्छन् - निजी लगानी एक वर्षभित्र फिर्ता लिनैपर्छ

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी ओली र उपमहासचिव घनश्याम भुसालका वीचमा सवाल जवाफ रोकिएको छैन । ओलीले ४२ महिना सरकार सञ्चालन गर्दा केही समय ओली क्याविनेटमै रहेपनि भुसाल ओलीको कार्यशैलीको चर्काे आलोचक मध्ये पर्ने नेता हुन् । ओलीसँग सिधा सिधा वैचारिक राजनीतिक विषयमा टक्कर लिने र ओलीको आलोचना गर्नेमा उनी अग्रपंक्तिका नेता हुन् ।
माधव नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेर आफैले १५ वर्ष लामो समय नेतृत्व गरेको पार्टी एमाले छोडेर जाने निर्णय लिएसँगै माधव नेपालको भुसाल लगायतका नेताहरुले पनि साथ छोडे । उनी लगायत भीम रावल, योगेश भटटराई, गोकर्ण विष्ट, रघुजीपन्त लगायत माधव नेपालका पिल्लर मानिएका १० नेता एमालेमै रहे ।
त्यसयता पनि माधव नेपालले ति आफनो साथ छोडेका नेताहरुको आलोचना नगर्न सार्वजनिक रुपमै आफ्ना नेता कार्यकर्तालाई अपिल गरेका छन् । एमालेमै रहेका नेताहरु पनि ओलीको कार्यशैली र उनको अभिब्यक्ति, धारणाप्रति नजरअन्दाज गरेर मौन बस्न थालिसकेका छन् ।
मध्यमार्गी धारका प्रभावशाली मानिने नेताहरु ओलीसँग खासै टक्कर लिने मुडमा छैनन । तर घनश्याम भुसालले भने ओलीसँग अझ पनि सवाल जवाफ उठाईरहेका छन् ।
आगामी असोज १५ देखि १७ सम्म चल्न लागेको एमालेको विधान महाधिवेशनमा ओलीले पेश गर्न लागेको राजनीतिक दस्तावेजमा भुसालले लिखित टिप्पणी नै गरेर केही विषयमा सवाल जवाफ गरेका छन् । ओलीको प्रतिवेदनमा एमालेको असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटि बैठकमा पनि छलफल हुँदैछ ।
उक्त दस्तावेजमा भुसालले ओलीसँग केही गम्भिर विषयमा सवाल जवाफ गरेका छन् ।
त्यसमध्येको एक हो – शिक्षा र स्वास्थ्य क्षेत्र ।
२०७२ सालमा निर्माण भएको नेपालको संविधानको अन्र्तवस्तुमै समाजवाद उन्मुख संविधानउल्लेख भएकोले अवको क्रान्ति समाजवादी क्रान्तिको तयारी भएको नेपालका कम्युनिष्टहरुले अहिले सवैभन्दा वढी जप्ने नारा हो । तर त्यसका लागि राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्नुपर्ने हो । त्यसको पहिलो शर्त दलाल पुँजीको ठाउँमा राष्ट्रिय पुँजीको वर्चस्व भएको र सामाजिक न्यायसहितको आर्थिक–सामाजिक आधार तयार गर्नु हो ।
जनताले प्राप्त गरका लोकतान्त्रिक–गणतान्त्रिक अधिकारहरुलाई राजनीतिक तहमा मात्र सीमित हुन नदिई ती अधिकारहरुलाई सामाजिक–आर्थिक क्षेत्रमा विकास गर्दै दलाल पुँजीवादलाई साँघु¥याउँदै र त्यसलाई राष्ट्रिय पुँजीमा रुपान्तरण गर्दै, सामाजिक न्यायको दायरालाई अझ बढाउँदै समाजवादको तयारी गर्दै अगाडि बढ्नु हो ।
तर जनताको आधारभूत आवश्यकताभित्र पर्ने शिक्षा स्वास्थ्य लगायतका विषयमै ओली र भुसालका वीचमा वैचारिक मतभेद र खाडल देखा परेका छन् । ओली अहिले तत्काल शिक्षा र सवस्थ्य जस्ता क्षेत्रलाई राष्टिय करण गर्नु हुदैन भन्ने मान्यता राख्छन् । तर भुसाल ओलीको यस्तो तर्कमा सहमत देखिन्नन ।
ओलीको विधान महाधिवेशनमा प्रस्तुत गर्ने तयारी गरेको राजनीतिक दस्तावेजको यो अंश हेरौं :-

ओलीले यसमा प्रष्ट सँग भनेका छन्, शिक्षा र सवस्थ्य क्षेत्रलाई अहिले राष्टियकरण गर्नु प्रत्युत्पादक हुन्छ ।
तर भुसालले ओलीको यस्तो मतप्रति प्रश्न उठाएका छन् । जीविका, शिक्षा, स्वास्थ्यमा पहुँचको ग्यारेन्टी गर्नु र उत्पादन
प्रक्रियामा स्वतन्त्रतापूर्वक भाग लिन सक्ने बनाउनु अहिलेको सबैभन्दा प्राथमिक उद्देश्य हुनुपर्ने तर्क गरेका छन् ।
हेर्नुहेस शिक्षा वारे भुसालको तर्क :- उनले ओलीको प्रतिवेदनमा लिखित रुपमा आफनो टिप्पणी यसरी गरेका छन् ।

अझ घनश्यामले अगाडी वढेर भनेका छन्, कानूनीरुपमा वैधानिक भए पनि पार्टीका केन्द्रिय कमिटीका सदस्यहरुले नीजि शिक्षा र स्वास्थ्यमा लगानी गर्ने हुन्न भन्ने
भन्ने व्यवस्था लागू गर्नु पर्छ । कसैको लगानी भैसकेको छ भने लगानी फिर्ता गर्न एक वर्षको समय दिनु पर्छ ।
हेर्नुहोस् भुसालको लिखित टिप्पणीको अंश :-

ओलीले नीजि शिक्षा र स्वास्थ्यमा भएको लगानीलाई राष्टियकरण गर्ने कुरा प्रत्युत्पादक भएको बताईरहदा भुसालले भने पार्टीका नेताहरुलाई लगानी एक वर्षभित्र फिर्ता लिने गरी समय दिनुपर्ने तर्क अगाडी सारेका छन् । अझ उनले यो नीतिलाई क्रमशः तल्ला कमिटीहरुमा पनि लैजानु पर्ने तथा केन्द्रिय र प्रदेशस्तरका अधिवेशनमा ती कमिटीका पदाधिकारी बन्न सम्पत्ति सार्वजनिक गर्नु पर्ने प्रावधान राख्न सकिने तर्क गरेका छन् ।
बहुलबाद, प्रतिस्पर्धा र खुल्ला अर्थ राजनीतिको संरचनाभित्र समाजवाद उन्मुख अर्थप्रणाली अघि बढाउन सहज नभएको ओलीले आफनो दस्तावेजमा उल्लेख गरेका छन् । तर भुसालले यसमा ओलीसँग विमति राखेका छन् । उनले ओलीको यस्तो तर्क नै गलत भएको भन्दै उक्त तर्क जनताको वहुदलीय जनवाद (जवज)कै विपरित भएको बताएका छन् ।

















मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा
चीनमा पटाका पसलमा विस्फोट हुँदा १२ जनाको मृत्यु
राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया