भारतमा थपिए ३१ हजार कोरोना संक्रमित

काठमाडौँ । भारतमा थप ३१ हजारभन्दा बढीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । भारतीय केन्द्रीय मन्त्रालयका अनुसार ३१ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारीअनुसार नयाँ संक्रमित मध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन् ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख १६२ पुगेको छ । यो संख्या १८८ दिनपछिकै सबैभन्दा कम हो । पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ ।
नयाँ संक्रमित भएकाभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै देखिएकाले सक्रिय संक्रमितको संख्यामा कमी आएको हो । पछिल्लो २४ घण्टामा ३२ हजार ५४२ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा अहिलेसम्म कूल तीन करोड २८ लाख ४८ हजार २७३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।
कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३६८ जनाको मृत्यु भएको छ । तीमध्ये ३१८ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।













सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया