भारतमा थपिए ३१ हजार कोरोना संक्रमित

काठमाडौँ । भारतमा थप ३१ हजारभन्दा बढीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । भारतीय केन्द्रीय मन्त्रालयका अनुसार ३१ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारीअनुसार नयाँ संक्रमित मध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन् ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख १६२ पुगेको छ । यो संख्या १८८ दिनपछिकै सबैभन्दा कम हो । पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ ।
नयाँ संक्रमित भएकाभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै देखिएकाले सक्रिय संक्रमितको संख्यामा कमी आएको हो । पछिल्लो २४ घण्टामा ३२ हजार ५४२ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा अहिलेसम्म कूल तीन करोड २८ लाख ४८ हजार २७३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।
कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३६८ जनाको मृत्यु भएको छ । तीमध्ये ३१८ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया