एमाले सम्बद्ध उद्योग व्यवसाय महासंघ जेठ २ मा फर्किने

काठमाडौँ । नेकपा एमाले सम्बद्ध उद्योगी व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जेठ २ मा फर्किएको छ । पार्टीले गरेको १० बुँदे सहमति लागु गर्न बिहीबार बसेको बैठकले एलपी साँवा लिम्बुलाई नै अध्यक्ष कायम राख्दै जेठ २ (विं.सं. २०७५ जेठ २) अघिको संरचना क्रियाशील गर्ने निर्णय गरेको हो ।
जेठ २ अघिका अध्यक्ष लक्ष्मीदास मानन्धर उमेरले ९५ वर्ष पुगिसकेकाले सल्लाहकारको भूमिकामा राख्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका लिम्बुलाई अध्यक्ष बनाइएको हो । नेकपा विभाजनपछि तत्कालीन केपी शर्मा ओली पक्षले लिम्बुको संयोजकत्वमा ८५१ केन्द्रीय सदस्य पुनर्गठन गरेको थियो ।
महासंघका इञ्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको बैठकले लिम्बुको अध्यक्षतामा १२ जना पदाधिकरी चयन गरेको छ । २७ जना पदाधिकारी रहने व्यवस्था गरिएकोमा हाललाई १२ जना पदाधिकारीहरू रहने छन् ।
जसमा वरिष्ठ उपाध्यक्षमा भीमलाल पौडेल, उपाध्यक्ष परशुराम अधिकारी, डेकनाथ गौतम, ऋषिराम खरेल, डिबी बस्नेत छन् । त्यस्तै महासचिव भगीरथ सापकोटा चयन भएका छन् भने सचिवहरूमा खोपनिधि लोहनी, गोपाल खनाल र निरज राई छन् । संगठनको कोषाध्यक्षमा वालकृष्ण शिवाकोटी र सहकोषाध्यक्षमा शंकर नेपाल चयन भएका छन् ।
बैठकले ११ सय केन्द्रीय परिषद, २५१ सदस्यको केन्द्रीय कमिटी, १०१ सदस्यीय स्थायी कमिटी गठन गर्ने निर्णयसमेत गरेको अध्यक्ष लिम्बुले जानकारी दिए । भूगोल, कर्पोरेट र वस्तुगत संघहरूको अलग कमिटीसमेत गठन गरी सबैको प्रतिनिधित्व गराउने तयारीमा रहेको अध्यक्ष लिम्बुले बताए ।
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया