आइतबार, चैत २२, २०८२

रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल

मेरोन्यूज २०८२ चैत २१ गते १५:००

रास्वापाका सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

लामिछानेको निवासमा भएको भेटवार्ता करिब एक घण्टा चलेको थियो ।
भेटमा प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशालगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।

भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै शाहीले फेसबुकमा पनि लेखेका छन्, ‘विगतका दु:खहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ।’

प्रतिक्रिया