दशैंमा घर फर्किएका सबैको एन्टिजेन परीक्षण गरिने

काठमाडौं । सरकारले चाडपर्वमा एन्टिजेन परीक्षण र संक्रमितलाई ब्यवस्थापन गर्न प्रदेश मन्त्रालयदेखि पालिकाका हेल्थ डेस्कसमेतलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले पत्राचार गरी विदेशबाट आएका सबैलाई एन्टिजेन परीक्षण गराउन निर्देशन दिएका छन् ।
एन्टिजेन परीक्षण गर्न तथा संक्रमितको ब्यवस्थापन गर्न भनी महाशाखाले देशैभरीका हेल्थ डेस्क नगर तथा गाउँपालिकाहरु, देशैभरका जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय तथा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका साथै प्रदेश १, २ तथा कर्णाली र सुदूरपश्चिमका सामाजिक विकास मन्त्रालयलाई पत्रचार गरेको छ ।
दशैं, तिहार लगायतका महत्वपूर्ण चाडवाडमा देश विदेशमा रहेका सबै गाउँघर फर्किने भएकाले महाशाखाले सचेतता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
आउँदै गरेको चाडबाडलाई मध्यनजर गर्दै विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको सकेसम्म सीमा नाकाको हेल्थ डेस्कमै र छुटेकाहरुको समुदायमा तथा देशभित्रकै उच्च जोखिम क्षेत्रबाट आएका यात्रुहरुको पनि समुदायमा एन्टिजेन परीक्षणको ब्यवस्था मिलाउन पत्राचार गरिएको छ ।
साथै पोजेटिभ केसहरुको उचित ब्यवस्थापन गर्न गराउन पनि सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।

















७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया