महिलाभन्दा पुरुषमा छिटो फैलिन्छ स्तन क्यान्सर

काठमाडौँ । धेरै मानिसमा स्तन क्यान्सर महिलामा मात्र हुन्छ भन्ने भ्रम छ । तर, स्तन क्यान्सर पुरुषमा पनि देखिन्छ । यति मात्र फरक हो, महिलाको तुलनामा पुरुषमा कम देखिन्छ । तर पुरुषमा चाडो फैलन्छ ।
महिलाको स्तनमा दुई सेन्टिमिटरको गिर्खा आएको छ भने त्यो स्तन क्यान्सरको पहिलो वा दोस्रो स्टेजको मानिन्छ । पुरुषमा सोही दुई सेन्टिमिटरको गिर्खा आएमा तेस्रो वा चौथो स्टेको हुने हुन्छ । किनकी पुरुषहरुको स्तनमा धेरै ठूला तन्तुहरु हुँदैन । जसले गर्दा क्यान्सरको ट्युमर बढ्ने ठाउँ कम हुन्छ । चाँडोभन्दा चाँडो छाला र मांशपेशीमा टाँसिने हुन्छ । क्यान्सरको तेस्रो र चौथो अवस्थामा चाँडै पुग्ने खतरा हुन्छ ।
प्रत्येक सय जना पुरुषमध्ये एक जनामा स्तन क्यान्सर देखिन्छ । पुरुषमा स्तन क्यान्सर प्राय वंशाणुगत कारणबाट देखिने गरेको छ । स्तनमा अन्य अंगका भन्दा बढी कोसिका हुने गर्दछ । स्तनमा दुध बनाउने ग्रन्थीहरु बढी हुन्छन् । दुधलाई ग्रन्थीबाट मुन्टासम्म ल्याउने नलीहरुमा हुने क्यान्सर नै स्तन क्यान्सर हो । जुन ९० प्रतिशत क्यान्सर सोही नलीको क्षेत्रमा हुने गरेको देखिन्छ । कतिपयमा स्तनको छालामा क्यान्सर हुने गरेको पाइन्छ ।
करिब १० वर्षअघि स्तन क्यान्सरको गिर्खा ५ सेन्टिमिटरभन्दा ठूलो हुँदा मात्र विरामीहरु अस्पताल आउने गरेका थिए । तर स्तन क्यान्सर हुने सूचनाका कारण अहिले २ देखि ३ सेन्टिमिटरभन्दा सानो हुँदा नै विरामीहरू अस्पताल पुग्ने गरेका छन् । जसले पहिलाको तुलनामा अहिले चाँडो विरामीहरु आउने गरेका छन् । स्तनमा कुनै गिर्खा देखिने बित्तिकै शहरमा रहेका महिला अस्पताल आउने गरेको देखिन्छ । जसले गर्दा क्यान्सरको सुरुवाती चरणमा नै थाहा पाउने गरेको देखिन्छ । तर ग्रामीण क्षेत्रका महिलाहरू ढिलो अस्पताल पुग्ने गरेका छन् ।
कतिपय समयमा लक्षण देखिदा प्रायः जसो क्यान्सरहरु ढिलो हुने गरेको देखिन्छ । समय समयमा आफ्नो स्वास्थ्यको जाँचसमेत गर्नु पर्छ । स्तन क्यान्सरको प्रमुख लक्षण स्तनमा गिर्खा आउने हुन्छ भने नदुख्ने हुन्छ । विस्तारै बढ्दै जाने हुन्छ । स्तनमा कुनै गिर्खा आएको छ कि छैन भनेर महिलाले महिनावारी भएको पहिलो सातामा आफै परीक्षण गर्न सक्दछन् ।
स्तन क्यान्सर ८० देखि ९० प्रतिशतसम्म जुनसुकै अवस्थाको पनि उपचार गरे नेपालमा नै निको हुन सक्छ । पहिला पहिला स्तन क्यान्सर हुँदा स्तन नै काटेर फाल्ने चलन थियो । तर अहिले त्यस्तो छैन ।
पहिला पहिला स्तनमा कुनै प्रकारको गिर्खा आए महिलाहरुले लाज र संकोचका कारण लुकाएर बस्ने गर्थे । तर अहिले कुनै समस्या आउनासाथ जाँच गर्न अस्पताल आउने गरेको देखिन्छ । जुन महिला दिदीबहिनीले स्तन क्यान्सर समयमा नै उपचार गरे निको हुन्छ भन्ने बुझ्न थालेका छन् ।
हरेक वर्षमा एक पटक मेमोग्राम वा अल्ट्रासाउन्ड गर्नु पर्छ । जसले स्तनमा कुनै गिर्खा आउनुभन्दा अघि नै (जिरो स्टेजको क्यान्सर) स्तन क्यान्सर पत्ता लगाउन सहयोग गर्छ । यही अवस्थामा क्यान्सरको उपचार भएमा १०० प्रतिशतमा ९९ जनालाई बचाउन सकिन्छ
पहिलाको तुलनामा स्तन क्यान्सर बढेको देखिन्छ । अन्य देशको तुलनामा नेपालमा कम उमेरमै स्तन क्यान्सर देखिएको छ । अन्य देशमा ५० वर्षमाथिका मानिसमा बढी देखिने गरेको पाइन्छ भने नेपालमा ४० वर्षमा देखिने गरेको पाइन्छ । स्तन क्यान्सर ८० देखि ९० प्रतिशतसम्म जुनसुकै अवस्थाको पनि उपचार गरे नेपालमा नै निको हुन सक्छ । पहिला पहिला स्तन क्यान्सर हुँदा स्तन नै काटेर फाल्ने चलन थियो । तर अहिले त्यस्तो छैन ।
स्तनलाई जोगाएर वा बचाएर आधुनिक प्रविधिबाट क्यान्सरको उपचार गर्ने गरिन्छ । हरिसिंद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन् रिर्सच सेन्टरमा पछिल्लो दुई वर्षमा स्तन क्यान्सरको उपचार गरिएकामा ७० प्रतिशत महिलाको स्तन बचाएर शल्यक्रिया गरिएको छ । जसमा करिब ३ सय जना विरामीमा २ सयभन्दा बढीको स्तन जोगाएर शल्यक्रिया गरिएको छ ।
त्यस्तै, नेपालमा के कारणले स्तन क्यान्सर अन्य देशको तुलनामा कम उमेरमा नै देखिएको छ त्यसको अध्ययन अनुसन्धान हुनुपर्ने देखिन्छ भने अर्को बढ्दो सुर्तीजन्य पदार्थको सेवनलाई मान्न सकिन्छ ।
विश्वमा नै स्तन क्यान्सर ५ प्रतिशत वंशाणुगत कारणबाट हुने गरेको बताइन्छ । तर, नेपालमा वंशाणुगत स्तन क्यान्सर करिब २ प्रतिशत मात्र देखिने गरेको पाइन्छ । स्तन क्यान्सरको समयमा नै उपचार गरे कम खर्चमा हुन्छ भने निको हुनेदर छिटो हुन्छ ।
(नेपाल क्यान्सर हस्पिटल एन रिर्सच सेन्टरका स्तन क्यान्सर रोग विशेषज्ञ डा. अर्मात्यसँग सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)















Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया