बिहीबार, चैत २६, २०८२

स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत

मेरोन्यूज २०८२ चैत २६ गते १६:१३

काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

आफ्नो विभागीय जिम्मेवारी निर्वाह गर्ने क्रममा अपेक्षित गम्भीरता नदेखाएको निष्कर्षसहित प्रधानमन्त्री शाहले उनलाई सचेत गराएका हुन्। मेहता चैत १३ गते मन्त्री नियुक्त भएकी थिइन्।

रास्वपा सभापति रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई पदमुक्त गर्न र स्वास्थ्यमन्त्री मेहतालाई सचेत बनाउन सिफारिस गरेका थिए ।

प्रधानमन्त्रीले श्रममन्त्री साहलाई आजै पदबाट हटाइसकेका छन् । उनी चैत १३ गते मन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया