बेलायतमा भिसी थापाको सालिक अनावरण
लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो ।
समारोहमा बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गरेका थिए । समारोहमा दिवंगत सेनाका सम्झनामा मौनधारण गरिएको थियो ।
ग्रेटर रसमोर नेपलिज कम्युनिटीका नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा संकलन गरी सालिक बनाइएको हो । रसमोर बरो काउन्सिलले इजाजत दिएपछि गत फेब्रुअरी २०१९ मा परियोजना प्रारम्भ भए पनि कोभिड महामारीले केही समय लम्बिएको थियो । सालिक बनाउन एक लाख ७० हजार पाउण्ड बढी खर्च भएको परियोजना अधिकृत ग्यारी घलेकले जानकारी दिए ।
काउन्सिलले वर्षेनी एक पाउण्डमा ९९ वर्षको लागि सालिक बनाउन जग्गा भाडा दिएको थियो भने सालिक मर्मतसम्भार पनि काउन्सिलले नै गर्ने जनाइएको छ । अल्डरसटमा स्थानीय समुदायसँग नेपालीको सुमधुर सम्बन्धको प्रमाणका रूपमा सालिक अनावरण भएको वेलिङटन काउन्सिलर जीव बेल्वासेले बताए । रासस










एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया