एनआरएनएको अध्यक्षमा उठ्ने कुल आचार्यको घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष कुल आचार्यले एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी आचार्यले सन् २०२१–२०२३ को कार्यकालका लागि संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । संघको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदैछ ।
उनले पत्रकारसँगको कुराकानीमा ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा संस्था बनाउने मेरो अभियान हो । संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु, ।’
उनले सम्पत्तिको अधिकार, राहदानीसहित तेस्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न प्राथमिकता दिने दाबी गरे ।
अध्यक्षको उम्मेदारी दिने घोषणा गरेका आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्को संख्या कम्तीमा एक सय पु¥याउने बताएका छन् । गैरआवासीय नेपालीलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपालीलाई पनि जोड्ने उनको योजना छ ।
थाइल्याण्ड, म्यानमारलगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई पिपुल अफ नेपाली ओरिजिन (पीएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले बताए । पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् ।
दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।
यसअघि उपाध्यक्ष रविना थापा र डा. बद्री केसीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । थापा अमेरिकामा बस्दै आएकी छिन् भने केसी रसियामा बसोबास गर्छन् ।










प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया