संसदीय समितिको प्रश्नः बैदेशिक रोजगारीका नागरिकलाई तत्काल उद्दार गर्ने संरचना खोइ ?

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले वैदशिक रोजगारमा गएका नागरिकहरुको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन ।
देवेन्द्रराज पौडेल, विमलप्रसाद श्रीवास्तवलगायतका प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले विदेश गई मृत भएका नेपाली नागरिकको परिवारलाई सम्बन्धित पक्षबाट क्षतिपूर्ति उपलब्ध गराउने काममा पनि केन्द्रित हुन सरकारलाई सचेत गराए ।
आइतबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद पौडेलले गैरकानुनी ढंगले गएका तर विभिन्न देशमा वेपत्ता भएका नागरिकहरुको खोजी गरी पीडितलाई न्याय दिने गरी आवश्यक संयन्त्रको निर्माण गर्न सरकारसँग माग गरे ।
उनले एक वर्ष वितिसक्दा पनि त्यस्ता नेपालीहरुको शव ल्याउने व्यवस्था समेत नहुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन पनि सरकारले आवश्यक संयन्त्रको निर्माण गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।
समितिका सभापति समेत रहेका सांसद श्रीवास्तवले बैदेशिक रोजगारीको क्रममा मृत भएका नागरिकका पीडित परिवारलाई सम्बन्धित रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने व्यवस्थालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सचेत गराए । उनले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन समितिले पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।
यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अभिमूखिकरण कार्यक्रम समेत संचालन गरिरहेको समितिलाई जानकारी गराए ।
उनले भिजिट भिषामा गएका नेपालीहरुको भने आफ्नो मन्त्रालयसँग आवद्धता हुने व्यवस्था नभएकाले उनीहरुबारे जानकारी राख्न पनि समस्या भईरहेको बताए ।
सचिव गौतमले सरकारले श्रम स्विकृति नलिई कुनै पनि नेपाली नागरिकलाई वैदेशिक रोजगारी पठाउने नगरेको स्पष्ट पारे ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया